२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

ओली क्याविनेटका काे काे मन्त्रीले दिए राजीनामा ?

  • २०७७ पौष ५, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- संसद विघटनको निर्णयप्रति असहमति जनाउँदै प्रचण्ड र माधव नेपाल पक्षका सात मन्त्रीले सामुहिक
    राजीनामा  घोषणा गरेका छन् ।

    सिंहदरवारमा पत्रकार सम्मेलन गरि कृषिमन्त्री घनश्याम भुसाल,उर्जामन्त्री वर्षमान पुन,पर्यटनमन्त्री योगेश भट्टराई,वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणी पोखरेल र खानेपानी मन्त्री विना मगरले राजीनामा दिएका हुन् ।

    पूर्व माओवादीबाटै मन्त्री बनेका गृहमन्त्री रामवहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले भने
    राजीनामा दिएनन् ।

    मन्त्रीहरुका तर्फबाट सामूहिक राजीनामा पत्र पढ्दै शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति गम्भीर असहमति भएको जनाए।

    प्रतिक्रिया दिनुहोस