२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

कांग्रेसकाे सरकार विराेधी प्रदर्शन

  • २०७७ मंसिर २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  नेपाली कांग्रेस ओखलढुंगाले सरकारका विरुद्ध साेमबार सदरमुकाममा प्रदर्शन गरेकाे छ । जिल्ला कार्य समितिकाे आयाेजनामा कांग्रेसले विराेध र्याली निकालेकाे हाे ।

    कांग्रेस सभापति प्रदिप सुनुवारकाे नेतृत्वमा  सरकारका विरुद्धकाे नारा जुलुससहित सदरमुकाम परिक्रमा गरेर काेण सभापछि र्याली समापन भएकाे थियाे । बजार क्षेत्रका विभिन्न ठाउँमा भएका काेण सभामा नेताहरुले वर्तमान सरकारले भ्रष्टाचार बढाएकाे, नागरिकका सामान्य समस्या समाधान नगरेकाे र काेराेना राेकथाम तथा नियन्त्रण भन्दा कमाउने धन्दामा लागेकाे आराेप लगाएका थिए ।

    विराेध र्यालीमा नेताहरु बालकृष्ण दाहाल, खलानाथ दाहाल, उपसभापति तेजेन्द्र खनाल, रुद्र अधिकारीलगायत नेता कार्यकर्ताहरु सहभागी थिए । यस अघि आइतबार साँझ नेवि संघले सरकारकाे विराेधमा सिठ्ठि जुलुस निकालेकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस