२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

बाबुकाे वार्षिक पुन्यतिथिमा विद्यार्थीलाई छात्रवृति

  • २०७७ मंसिर २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेकपाकाे स्थायी कमिटिका आमन्त्रित सदस्य पेशल खतिवडा गत बर्ष आफ्ना बाबुकाे मृत्युमा क्रिया बसेनन् । उनले शिक्षा मन्त्री गिरिराजमणि पाेखरेल बाेलाएर श्रदाञ्जली सभा आयाेजना गरे ।

    यसाे गरिहरँदा कतिले स‌ंस्कार रुपान्तरणकाे अभियान भनेर प्रश‌सा गरे त  कतिले परम्परा नमानेकाे भनेर आलाेचाना । तर उनलाई यस्ता आलाेचना फरक पारेन । बाबु बितेका वार्षिक पुन्य तिथिमा उनका भाइहरुले वार्षिक प्रचलित विधी अनुशरण गरेर पुरा गरे ।

    उनले पूर्व घाेषणा अनुसार नै बाबुकाे बार्षिक पुन्यतिथिमा आफ्ना बाबु स्व‍.मनाेरथ खतिवडाकै पहलमा स्थापना भएकाे विद्यालयका  उत्कृष्ट अ‌ंक ल्याउने सुन्दर तामाङ  दलित तर्फ पवित्रा कालिकाेटे र छात्रातर्फ दिपा खतिवडालाई जनही ३ हजार पुरस्कार दिए । उनले मृतककाे स्मरण उनीहरुका याेगदानकाे चर्चा गर्दै सपना पुरा गर्ने बाटाेमा लागे मात्रै अर्थ रहने र कपाल काटेर, १३ दिन चिसाे पानीले नुहाएर, सेताे कपडा लगाएर नहुने भएकाले संस्कार रुपान्तरणकाे अभियान आफैंले शुरु गरेकाे बताएका छन् ।

    समाजसेवी स्वर्गीय मनाेरथ खतिवडाकाे बार्षिक पुन्यतिथिमा मनाेरथ खतिवडा स्मृति काेष र आधारशीला परिवार महाेत्तरीले म‌ंसिर २७ गते श्रदाञ्जली सभा तथा छात्रवृति वितरण आयाेजना गरेकाे थियाे । कार्यक्रममा नेता खतिवडासहित माेलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राई, नेकपा माेलुङका अध्यक्ष हरिकुमार राई नेताहरु नरेन्द्र खतिवडा कुवबहादुर खत्री लगायतले स्व‍. मनाेरथ खतिवडाकाे याेगदानकाे चर्चा गर्दै नेता खतिवडाकाे अभियान चुनाैतिपूर्ण तर एेतिहासिक भएकाे बताएका थिए ।

     

     

    प्रतिक्रिया दिनुहोस