२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

नेता दाहालद्वारा स्टेशनरी हस्तान्तरण

  • २०७७ मंसिर १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसका नेता तथा समाजसेवी बालकृष्ण दाहालले सामुदायिक विद्यालयलाई स्टेशनरी हस्तान्तरण गरेका छन् । लायन्स क्लब अफ काठमाण्डाै ओखलढुंगा र शहिद लिला-यशाेदा दाहाल स्मृति प्रतिष्ठानकाे सहयाेगमा सामग्री हस्तान्तरण गरेका हुन् ।

    मानेभञ्ज्याङ गाउँपालिका वडा न‌ं ९ स्थित निकेतन माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि सामग्री हस्तान्तरण तथा वितरण गरिएकाे नेता दाहालले नागरिक मिडियालाई जानकारी दिए । उक्त विद्यालय २०११ सालमा स्थानीय समाजसेवी टकबहादुर अधिकारीकाे विशेष पहलमा स्थापना भएकाे थियाे ।

    दाहालले यस अघि पनि विभिन्न विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण तथा लायन्स क्लब अफ काठमाण्डाै ओखलढुंगाकाे अगुवाइमा स्वास्थ्य शिविर सञ्चालन लगायतका सामाजिक सेवामा अगुवाइ गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस