२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

चम्पादेवीमा यसरी बाहिरियाे कहालीलाग्दाे बलात्कार घटना !

  • २०७७ मंसिर १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा बालिका बलात्कार भएको १० महिनापछि घटना सार्वजनिक भएको छ । १४ वर्षीया बालिकाले बच्चा जन्माएपछि उनी बलात्कृत भएको घटना खुलेको प्रहरीले जनाएको छ ।
    घटना बाहिरिएपछि आरोपित चम्पादेवी गाउँपालिका वडा नं. २ का २९ वर्षीय वीरबहादुर मगरलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । बालिकाले आफु २०७६ फागुन २८ गते बलात्कृत भएको बताएको परिवारको भनाइ छ ।
    घरमा कोही नभएको समयमा मगरले बालिकालाई फकाएर बलात्कार गरेको परिवारका सदस्यले बताए । बालिका विरामी भएपछि रामेछापको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका लागि लगिएकोमा बालिकाले अस्पतालमा मंसिर १३ गते बच्चा जन्माएकी थिइन् । अहिले उपचार भइरहेको छ ।
    बालिकासँग सोधपुछपछि बलात्कृत भएको बताएपछि परिवारका सदस्यले सोमबार उजुरी दिएका थिए । उजुरीका आधारमा पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस