२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
आशाकाे सञ्चार जगाउने यस्ता काम !

ओखलढुङ्गाका *७ स्थानमा एकैसाथ अस्पताल शिलान्याश

  • २०७७ मंसिर १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुङ्गा- ओखलढुङ्गाका ६ स्थानीय तहमा संघीय सरकारको घोषणा अनुसार  नयाँ आधारभूत अस्पतालको शिलान्याश भएको छ । थप एक तहले भने अस्पतालकाे थप भवन निर्माण गर्न शिलान्याश गरेकाे छ । यसरी जम्मा *७ तहले शिलान्याश गरे ।
    स्वास्थ्य चौकी मात्र भएका ओखलढुङ्गाका ६ तहले सरकारले तोकेको मितिमै अस्पताल शिलान्याश गरेका हुन् । अस्पतालमा नभएका चिशंखुगढी, मोलुङ, सुनकोसी, मानेभञ्ज्याङ, खिजीदेम्वा र लिखु गाउँपालिकामा चालु बर्षमा शिलान्याश गर्ने मितिसहित ७० लाख बजेट निकासा गरेको थियो ।

    मंसिर १५ लाई शिलान्याशको मिति नै तोकेर संघीय सरकारले बजेट समेत गाउँपालिकामा पठाएपछि स्थानीय तहले अस्पतालको शिलान्याश प्रकृया अघि बढाएका थिए । शिलान्याशमा जनप्रतिनिधीहरुले सरकारले तोकेकै मितिभित्र निर्माण सकेर अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ६ स्थानीय तहमध्ये मोलुङ र सुनकोसी गाउँपालिकामा संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार र अन्य चार तहमा गाउँपालिका अध्यक्षहरुले शिलान्याश गर्नुभएको थियो । यस्तै चम्पादेवीमा पनि अस्पतालका लागि थप भवन निमार्णका लागि शिलान्याश गरिएकाे छ ।

    माेलुङकाे अस्पताल शिलन्याशमा सांसद सुनुवारले ओखलढुङ्गाका सबै तहले जग्गा व्यवस्थापन गरेर सरकारको योजना अनुसार काम गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभएको छ । उहाँले तोकिएकै मितिमा निर्माण सम्पन्न गरेर पालिकाबासीलाई आँगनमै उपचार सेवा दिने गरि लाग्न पनि गाउँपालिका अध्यक्षहरुलाई आग्रह गर्नुभयो ।

    जिल्लाका ८ मध्ये सिद्धिचरण नगरपालिकामा जिल्ला अस्पताल र चम्पादेवी गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । ती तहका अस्पतालको स्तरबृद्धिका लागि बजेट पनि आएको छ । चम्पादेवी गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पताल बनाउन ३ करोड र अन्य तहमा नयाँ निर्माणका लागि प्रति तह ७ करोड बजेट अर्थ मन्त्रालयले बहुबर्षे आयोजना अन्र्तगत विनियोजन गरेको थियो । चम्पादेवीले पनि थप रानीवनमा भवन निर्माणका लागि शिलान्याश गरेकाे गरेकाे हाे ।

    अस्पताल शिलान्याशमा मोलुङ गाउँपालिका अध्यक्ष मणिराज राईले समयमै अस्पताल निर्माण सकेर सेवा सुचारु गर्ने प्रतिबद्धता जनाउनुभयो । यी अस्पताल निर्माण पुरा भएसँग ओखलढुंगाका सबै तहमा आधारभूत अस्पताल सेवा पुग्ने छ ।

    *अध्यावधिक गरिएकाे

    प्रतिक्रिया दिनुहोस