२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

उता फुट्न लाग्दा यता किन जुट्दैछन् युवा, ओखलढुंगालाई हेरेर सिक्न नेतृत्वलाई चुनाैति !

  • २०७७ मंसिर ९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेकपा निटक युवा स‌ंगठनकाे एकता सकिएकाे छ । एकिकृत नेकपा माओवादी निकट वाइसियल र नेकपा एमाले निकट युवा स‌ंघ नेपालकाे ओखलढुंगाका दुई कमिटि एकिकरण सकिएकाे हाे ।

    यस अघि केन्द्रले जिल्ला स‌ंयाेजक र सह-संयाेजक तथा ईञ्चार्ज र सहईञ्चार्ज ताेकेकाे थियाे । चारजना पदाधिकारी, युवा फ्र्याक्सन सह ईञ्चार्ज तथा पार्टीका नेताहरुकाे उपस्थितिमा जिल्ला कमिटी सचिवालय तथा कार्यालय टिम र स्थानीय कमिटीका पदाधिकारी ताेकिएकाे छ ।

    नेकपा जिल्ला पार्टी सचिव मोहन श्रेष्ठको प्रमुख आतिथ्यतामा एकता भएको हाे । एकतापछि बनेकाे राष्ट्रिय युवा संघ नेपालको ओखलढुंगा जिल्ला कमिटी ६१  सदस्यीय बनेकाे छ । यस्तै ९ सदस्यीय कार्यालय तथा १९ जनाको जिल्ला सचिवालय समेत निर्माण गरेको सह इन्चार्ज सन्तोष मगरले जानकारी दिए । एकतापछि संघको प्रदेश क अन्तर्गत पासाङ शेर्पा संयोजक तथा दिपक राईलाई सह संयोजकको जिम्मेवारी ताेकिएकाे छ । प्रदेश ख अन्तरगत अनिल कार्की संयोजक र टिकाराम क्याप्छाकी मगर सह संयोजक छन् ।

    त्यस्तै गरि संघको स्थानीय तह अन्तर्गत मानेभञ्ज्याङमा क्रमश: मिलन राई र रहरमान राई, सुनकोशीमा मदन कटुवाल र प्रदिप मगर, खिजिदेम्वामा आङदावा शेपा र विरबहादुर सुनुवार संयोजक तथा सह संयोजक रहेका छन् ।
    त्यस्तै गरि चिसंखुगढीमा मोहन कार्की र सुवास घिमीरे, मोलुङमा लोकप्रिय सुनुवार र शेषराज खतिवडा, चम्पादेवीमा ईन्द्र श्रेष्ठ र विपिन मगर, लिखुमा दिपक श्रेष्ठ र शर्मीला भट्टराई तथा सिद्धिचरण नगरपालिकामा योगेश्वर रान भण्डारी र टोकल श्रेष्ठ संयोजक तथा सह संयोजक रहेका छन् ।
    नेकपाको जिल्ला पार्टी कार्यालयमा एकता भेलामा कार्यालय सदस्य नेत्र प्रसाद भट्टराई, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज सन्तोष मगर, केन्द्रिय सदस्य सीता नेपालीको बिशेष आतिथ्यता तथा जिल्ला संयोजक राजन खत्री, सह संयोजक छबिरमण धमला र पार्टी फ्याक्सन इन्चार्ज शिबराम  खडकाको उपस्तिथि रहेको थियो ।

    केन्द्रमा शीर्ष नेता समानान्तर भेला, तीब्र विवाद र विभाजनकाे दिशामा अघि बढेकाे समयमा जिल्लामा सर्वसम्मत युवा एकता भएकाे छ । अभूतपूर्व सहमतिकाे एकताले केन्द्रका नेताहरुलाई नैतिक दावाव दिएकाे युवा नेताहरुकाे बुझाइ छ । जिल्लाकाे सहमति हेरेर नेताहरुले सिक्नु पर्ने सह ईञ्चार्ज सन्ताेष मगरले टिप्पणी गरे । जिल्लामा विमति कतै नरहेकाे र पार्टीका शीर्ष तहमा इगाे र अभिमानकाे लडाइ मात्रै चलेकाे जिल्लाका युवाकाे भनाइ छ । विभाजनकारी गतिविधी अस्वीकार्य हुने मगरले बताए ।

    प्रतिक्रिया दिनुहोस