२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

स्वर्गीय बाबुको स्मृतिमा विद्यालयलाई मास्क र स्यानिटाइजर उपहार !

  • २०७७ मंसिर ९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगाः ओखलढुंगाको एक परिवारले आफ्ना बाबु तथा ससुराको स्मृतिमा ७ विद्यालयलाई मास्क र सेनिटाइजर उपलब्ध गराएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. ११ का बालकृष्ण श्रेष्ठको परिवारले बाबु तथा ससुरा जनकबहादुर श्रेष्ठको १५ औं पून्य तिथिको दिन मंगलबार सिद्धिचरण नगरपालिका भित्रका ७ विद्यालयलाई मास्क, स्यानिटाइजर र हातधुने साबुन वितरण गरेका हुन् ।

    स्वर्गीय बुबाको स्मरणमा तिथिको दिन कोरोना भाइरसबाट जोगि विद्यालय तथा विद्यार्थीहरुलाई प्रयोग गर्न स्वास्थ्य सामग्री वितरण गरेको श्रेष्ठले जानकारी दिए । उनको परिवारले ५ हजार मास्क तथा स्यानिटाइजर ७ विद्यालयलाई दिएको हो ।

    सगरमाथा जनता मावि, बालमन्दिर आधारभूत विद्यालय, जालपा मावि गैरीगाउँ, नारायणस्थान मावि, कडेनी मावि लगायत ७ विद्यालयमा परिवारका सदस्य पुगेर विद्यालयलाई सामग्री हस्तान्तरण गरेका थिए । स्वास्थ्य सुरक्षा सामग्री पाएपछि विद्यालयले पनि दतालाई धन्यवाद दिदै खुसी व्यक्त गरेका छन् ।

    सामग्री बुझ्दै कोरोना संक्रमणको समयमा स्वास्थ्य सुरक्षा सामग्री निकै महत्वपूणर् उपहार भएको बालमन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक शोभा सैंजुले बताइन् । हस्तान्तरण गरिएका सामग्री शिक्षक तथा विद्यार्थीहरुले प्रयोग गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस