२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

ओखलढुङ्गालाई मज्जाले हल्लाउने भूकम्पकाे केन्द्र विन्दु कहाँ ? कति भयाे क्षति

Thumbnail
  • २०७७ मंसिर ८, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुङ्गा- साेमबार आज साँझ निक्कै हल्लियाे । भूकम्पकाे धक्का ७:२६ मिनेटमा गयाे । कहाँ गयाे र कति क्षति भयाे धेरैलाई चासाे छ । हल्लिएपछि एकछिन कुदाकुद भयाे ।

    हाेहल्ला चल्याे । चिसाेकाे कारण फेरि अहिले सबैजना घरभित्रै पसेका छन् । यसरी चिसाेमा अत्याउने भूकम्पकाे धक्काबारे चासाे बढेकाे छ  । कतिलाइ याे पराकम्प भन्ने लाग्ला अथवा पूर्वी नेपालमा गएकाे भनेर  अनुमान पनि गरे । हाे पूर्वी नेपालमा धक्का आयाे । तर याे नेपालमा नभएर छिमेकी तिब्बतमा गएकाे भूकम्प हाे ।

    पराकम्प हाेइन । यदी याे ठूलाे स्केलकाे भए पूर्वी नेपाल तहस नहस हुने थियाे तिब्बत मात्र हाेइन । भुकम्पले नेपालमा क्षति गरेकाे विवरण प्राप्त भएकाे छैन ।अहिलेसम्म सरकारी तबरमा आधिकारिक प्रमाणित नभए पनि गुगलमा देखिएकाे विवरण यस्ताे छ:-

    ४.४ म्याग्निच्युडको भूकम्प
    प्रभावित देशहरू: नेपाल र चीन
    Shigatse, Tibet, चीन बाट 11 कि.मि · १९:२६

    प्रतिक्रिया दिनुहोस