ओखलढुङ्गा- साेमबार आज साँझ निक्कै हल्लियाे । भूकम्पकाे धक्का ७:२६ मिनेटमा गयाे । कहाँ गयाे र कति क्षति भयाे धेरैलाई चासाे छ । हल्लिएपछि एकछिन कुदाकुद भयाे ।
हाेहल्ला चल्याे । चिसाेकाे कारण फेरि अहिले सबैजना घरभित्रै पसेका छन् । यसरी चिसाेमा अत्याउने भूकम्पकाे धक्काबारे चासाे बढेकाे छ । कतिलाइ याे पराकम्प भन्ने लाग्ला अथवा पूर्वी नेपालमा गएकाे भनेर अनुमान पनि गरे । हाे पूर्वी नेपालमा धक्का आयाे । तर याे नेपालमा नभएर छिमेकी तिब्बतमा गएकाे भूकम्प हाे ।
पराकम्प हाेइन । यदी याे ठूलाे स्केलकाे भए पूर्वी नेपाल तहस नहस हुने थियाे तिब्बत मात्र हाेइन । भुकम्पले नेपालमा क्षति गरेकाे विवरण प्राप्त भएकाे छैन ।अहिलेसम्म सरकारी तबरमा आधिकारिक प्रमाणित नभए पनि गुगलमा देखिएकाे विवरण यस्ताे छ:-
४.४ म्याग्निच्युडको भूकम्प
प्रभावित देशहरू: नेपाल र चीन
Shigatse, Tibet, चीन बाट 11 कि.मि · १९:२६
प्रतिक्रिया दिनुहोस