२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

अलपत्र मान्द्रे पुलकाे अनुगमन गर्न राज्यमन्त्री हेलिकाेप्टरमा पुगे

  • २०७७ मंसिर ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्रि तथा ओखलढुंगाका सांसद अम्बिरबाबु गुरुङले निर्माणाधिन मान्द्रे दोभान पुलको अनुगमन गरेका छन् । उनीआइतबार दिउँसाे हेलिकाेप्टरमार्फत  मान्द्रे दाेभान पुगेका थिए ।

    राज्यमन्त्री गुरुङसँगै प्रदेश नं. १ मुख्यमन्त्री शेरधन राई समेत निर्माणाधीन पुलको अवस्थाका बारेमा अनुगमनका लागि आउने भनिएपनि व्यस्तताका कारण अनुगमनमा सहभागी  हुन सकेनन् ।  मुख्यमन्त्री राई शुक्रबार ओखलढुंगा आएका थिए । उनी आइतबार साेलुकाे बहुप्राविधीक शिक्षालय उद्घाटनमा सहभागी भए ।

    अनुगमन पश्चात् सहभागीहरुलाई सम्बोधन गर्दै पुलको निर्माण कार्य चाडै सम्पन्न हुने प्रतिबद्धता ब्यक्त गरे । २०७४ काे निर्वाचनमा वाम गठबन्धनकाे घाेषणा पत्रमा जिल्लाका सबै अलपत्र याेजना २ वर्षमा पुरा  गर्ने प्रतिबद्धता थियाे । प्रतिबद्धता क्रमश पुरा हुने नेकपाका तर्फबाट निर्वाचित जनपर्तिनिधीहरुले बताउँदै आएका छन् ।

    करीब १० वर्ष अगाडी ठेक्का लागेको मान्द्रेदोभान मोटरेवल पुलको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । तीन पटक थपिएकाे म्याद पनि  २०७६ सालको असोज महिनामा पनि अन्तिम पटक भन्दै जिल्लामा बसेको सर्वपक्षीय बैठकले पुलको निर्माण कार्य सकाउन ठेकेदार कम्पनीलाई २०७६ सालको चैत मसान्त सम्मको लागि अन्तिम समय दिएको थियो ।

    यस अघि प्रदेश सभाका सा‌ंसद तथा अर्थ समिति सभापति माेहनकुमार खड्का र स‌ंघीय सांसद यज्ञराज सुनुवारले सिडियाेकाे उपस्थितिमा ६ महिनामा काम सक्ने लिखित कागज गराएका थिए । पुलकाे ठेकेदार कम्पनी राजेन्द्र लाेकप्रिय जेभि डडेलधुराकाे परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउद हुन् ।

    प्रतिक्रिया दिनुहोस