२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

लिखुमा कम्युनिष्ट आन्दोलन: विगतदेखि वर्तमानकाे समिक्षा र भविश्यका काम

  • २०७७ मंसिर ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • नेपाल कम्युनिष्ट पार्टी २००६ सालमा ‘मेहनतकशहरुले जितेमा सारा संसार छ, हारेमा हातमा हत्कडी मात्र हो, संसारका श्रमजीवीहरु एकजुट हौं’ भन्ने, मूल नारा लिएर स्थापना भएको भए पनि ओखलढुंगा जिल्लामा भने २०१४ सालमा जिल्ला कमिटी गठन भएको पाइन्छ । ओखलढुंगा जिल्लाको पनि कम्युनिष्ट आन्दोलनको उद्गम थलो विगतको ७ नं इलाका र हालको लिखु गाँउपालिका नै हो ।

    त्यसलाइ प्रमाणित गराउने आधार भनेको यस गाउपालिकाको विगत देखिका सदस्य संख्या, विगत चुनावहरुको मत परिणाम, र शसस्त्र द्वन्दमा त्यहाँको प्रभावले छर्लंग पार्छ ।  प्रत्येकजसो चुनाव २ नम्वर क्षेत्र, हालको प्रदेश सभा ‘ख’को लिखुको मतले (कम्युनिष्टको हकमा) चम्पादेवी, सुनकोशी, र मानेभञ्ज्याङ्ग गाउँपालिका समेतको मतलाई माथ गरिदिएको छ । यस्तो गौरवपूर्ण इतिहासबाट नयाँ पुस्ताले पाठ सिकेर इतिहासको कदर गर्न सके मात्र भावी दिन आन्दोलनको लागि उज्वल हुनेछ ।

    अहिलेको अवस्थामा कतिपय ‘भुँइफुट्टा’हरुले आप्mनो मेहनतले हामीले चुनाव जितेर सत्तामा पुग्यौं भनेर गरिरहेको चुरिफुरि र कतिपय पछिल्लो पुस्ताले गौरवपूर्ण अतितलाई अध्ययन नगरिरहेको परिप्रेक्षमा अध्ययनको लागि भोक जगाउने काम गरोस् भन्ने हेतु यो आलेख तयार पारिएको हो । यद्यपी यो पूर्ण अध्ययन सामाग्री भने हैन ।

    यस्तो छ इतिहास

    २००८ सालमा काठमाण्डौ जिल्ला कमिटीमा टारकेरावारीका बिष्णुहरी अधिकारी (कालिदाश भुजेल) संगठित हुनुहुन्थ्यो । २०२१ सालमा गाम्नाङ्टारका मनोरथ पोख्रेल, दलबहादुर मगर भारतको पश्चिम बंगालमा सिपिआइएम्मा संगठित भएको इतिहास पाइन्छ । यद्यपी मनोरथ पोख्रेल नेपालमा कुनै पनि समुहमा संगठित भएको पाइएन । तर, उनले आफ्नो नेतृत्वमा सामन्त विरोधी आन्दोलन भने चलाएका थिए । बिष्णुहरी अधिकारी मार्फत नै बलिमान सार्की, बमबहादुर परियार पनि पार्टी सदस्य बनेका थिए ।

    २०२५ सालतिर पुष्पलाल समूहमा लोककृष्ण भट्टराई सदस्य भएर सगरमाथा ब्युरोको विद्यार्थी फाँट हेर्ने जिम्मा पाउनुभयो भने, बिचमा पोकलीका गणेशनिधि गौतम पनि सकृय हुनुभयो । उहाँ पछि राज्यद्वारा वेपत्ता पारिनुभयो । २०३५ सालपछि सिंहदेवीका केबी बुढाथोकी, र पोकलीका राजकुमार श्रेष्ठ समेतले रामेछापतिर शिक्षक आन्दोलनको नेतृत्व गर्दै लिखुतिर पनि आन्दोलनको प्रचार प्रसारमा योगदान पुर्याउनुभयो ।

    २०४२ सालमा सहाना, बलराम समुहको संगठन गर्ने दौरानमा लोककृष्ण भट्टराई को पहलमा नर्मदेश्वरका ईश्वरी घिमिरे, यसमका टंकराज कटुवाल, टारकेरावारीका इन्द्रबहादुर पौडेल जिल्ला स्तरको संगठनमा संगठित हुनुभएको पाइन्छ । त्यसपछि देवि ओझा, बद्री खतिवडा, शुरेश कार्की, अमृत बोहोरा, हिराबहादुर सुनुवारसमेत को पहलकदमी भएको छ लिखुको कम्युनिष्ट आन्दोलनको विकासको लागि ।
    जे होस् इतिहासलाई सही मूल्यांकन गर्ने हो भने केबी बुढाथोकीको असल प्रशासन, लोककृृष्ण भट्टराईको जुझारु, निडर, संघर्षशील, सादगी स्वभाव र विकास एवं समाजसेवी भावना र व्यवहार हेरेर मान्छेहरुलाई कम्युनिष्ट आन्दोलनतिर आकर्षित बनाएको थियो । ‘जनताहरु माक्र्सवादी किताब पढ्न जान्दैनन् वा बुझ्दैनन, नेता र कार्यकर्ताहरु स्वयं पुस्तक हुनुपर्छ’ भन्ने उक्तिलाई व्यवहारमा उतार्नुभएको थियो ।

    माननीय, मन्त्री आउदा चाकडि गर्ने, जनताहरुसँग म शासक हुँ भनेर रवाफ देखाउने, दबाउने । विकासका नाममा क्षेत्रीयताको हौवा फैलाएर सामाजिक द्वन्द्व मच्चाउने, सार्वजानिक सम्पतिको दोहन गर्ने, गाउँपालिकाका सबै गतिविधीमा राजनीतिक दलहरुलाई निषेध गर्ने लगायतका कारणबाट हाल नेपाल कम्युनिष्टि पार्टी बद्नाम हुन पुगेको छ ।

    हुन त, लिखुमा थुप्रै हस्तिहरु हुनुहुन्छ, जसको नाम उल्लेख गरियो भने यहाँ नामै नामको खात पुग्न जान्छ । अतः संगठन र संगठनको नेतृत्व गर्नेहरुको नाम मात्र समावेश गरिएको छ । २०४३ सालको अनेरास्ववियु (पाँचौ)को प्रथम जिल्ला सम्मेलन गाम्नाङ्गटारमा भएको थियो । जुन सम्मेलनमा लिखुका चे प्रसाद भट्टराई, प्रेम बस्नेत, प्रेम भट्टराई, भुवन रोका, शेखर भट्टराई, भक्त पोडेल (गाम्नाङटार) र देवशंकर पौडेल (रामेछाप), भुवनकुमार पौडेल, बिशाल पौडेल टारकेरावारी सकृय रहनु भयो । चेतप्रसाद भट्टराई जिल्ला नेतृत्वमा छानिनु भयो ।

    उता, ओम सुवेदी अखिल (छैटौँ)को नेतृत्व गर्नुहुन्थ्यो । साविक ७ नं इलाका (हालको लिखु) मा पार्टी संगठनको औपचारिक निर्माणको दौरानमा २०५० को सुरुवातमा प्रथम इलाका अधिवेशन यसममा भयो । जसले, शेखर भट्टराईको नेतृत्वमा ९ जनाको नेकपा एमाले इलाका कमिटी इलाका नं ७ गठन गर्यो । अरु बाम समूहका औपचारिक इलाका स्तरका कमिटीहरु बनेको पाइएन । तर, पनि २०५२ सालपछि ओम सुवेदी, पुष्कर गौतम, द्रोण भट्टराई, बालकृष्ण ढुंगेल, केशव ढुंगेल, शंकर भट्टराई, मनोज भट्टराई, पर्वत भट्टराई, बाबुराम गौतम लगायत राजनैतिक रुपमा अखिल (छैटौं)मा संगठित भई आप्mना गतिविधि सञ्चालन गर्दै थिए ।

    तीमध्ये कतिपय साथीहरु तत्कालीन नेपपा (एकता केन्द)्र, संयुक्त जनमोर्चामा संलग्न हुनुहुन्थ्यो । त्यसै गरी त्यो अवधिमा प्रत्येक गाउँमा गाउँ स्तरका कमिटी र सकृय दल (संगठित सदस्य नपुगेका ठाँउमा) गठन भए । प्रायः सबै वडामा वडा सकृय दल निर्माण गरिएका थिए । अनि समय समयमा पार्टीका प्रशिक्षणहरु सञ्चालन हुन्थे । त्यति मात्र होइन विभिन्न संघर्षका कार्यक्रमहरु जस्तै सार्वजानिक जग्गा सार्वजानिकीरणक गराउने खालका आन्दोलन, स्थानीय सामन्तहरुले आप्mनो नाममा नापी गरेका जग्गा फिर्ता गराउने थिए भने राष्ट्रिय रुपमा कर्मचारी आन्दोलनमा ऐक्यबद्धता, टनकपूर सम्झौता विरुद्धको आन्दोलन, लाउडा विमान खरिद र कमिशनविरुद्ध आन्दोलन आदि संघर्षपूर्ण कार्यक्रमहरु हुन्थे । जसले गर्दा पार्टीका स्थानीय नेता कार्यकर्ताहरुलाई नियमित धारिलो बनाई रहन्थ्यो ।

    उपभोक्ता समिति बनाउँदा कमिशन दिने, आफ्नाे मान्छे, कर्मचारी करारमा नियुक्ति देखि सवारी साधन खरिद गर्दा कमिशनको विवाद, डोजर चलाउँदा कमिशन, ठेक्का दिँदा कमिशन, औषधि शेनेटरी प्याड खरिद मागी मागी कमिसन लिने गरेको चौतर्फी गुनासा आइरहे । यति मात्रै नभइ योजना छनौट, फरफराक गर्दा प्राविधिकमार्फत कमिशन, अफिस सप्लायर्स खरिदमा पनि भ्रष्टाचार ! लिखुभरि भ्रष्टाचारको जालो नै लाग्यो ।

    त्यसैगरी २०५३ सालमा दोश्रो इलाका अविधेशन भयो, जसले रामकुमार सुवेदीको नेतृत्वमा ९ जनाको इलाका कमिटी गठन भयो । २०४९ सालको चुनावमा हामीले गाविस मध्ये सिंहदेवी, नर्मदेस्वर, टारकेरावारी बहुमत जित्यौ भने गाम्नांगटारमा सबैसिट हात लायौं । जिल्ला बिकास समितिको सदस्य पनि हामीले नै जित्यौं जुन ओखल्ढुंगा जिल्लामा ११ वटा इलाका मध्य ७ नं इलाकाले मात्र जित हासिल गर्न सफल भएको थियो ।
    त्यस्तै २०५४ सालको स्थानिय निर्वाचनमा ७ नं. इलाकाका ६ वटा गाविसमध्ये ३ वटा गाविस टारकेरावारी, गाम्नाङटार, नर्मदेश्वर पूरै सिट जित्यौं भने सिंहदेवी र पोकली अत्याधिक बहुमत जित्यौ र यसममा ४७ सिटमध्ये २२ सिट जित्यौं अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको हुनाले ६ गाविसमध्ये एउटामा कांग्रेसको बहुमत भयो । उक्त चुनावमा हामीले जिल्ला विकास समितिमा ७ नं इलाकामा निर्विरोध रुपमा जित्न सफल भयौं । तेस्रो इलाका अविधेशनले कृष्णबहादुर बुढाथोकी र चौथो गोबिन्द पौडेल अनि पाँचौ रामकुमार मगर को नेतृत्वमा इलाका कमिटी बने । पछिल्लो समयमा पुष्पबहादुर खड्का र हाल नेकपा बनेपछि प्रेमप्रसाद भट्टराई नेतृत्वमा हुनुहुन्छ ।

    वर्तमान

    २०७५ सालमा वाम गठबन्धन हुदै तत्कालीन नेकपा एमाले र एकिकृत नेकपा माओवादी पार्टी एकिकरण भएर नेकपा बन्यो । देशका सबैभन्दा ठूला दुई पार्टी र हाल लिखु गाउँपालिकामा पनि दुवै पार्टीको उद्गम थलो मान्ने, दुवै पार्टीका धेरै सदस्य संख्या भएको गाउँपालिका लिखु तत्कालीन एमाले र माओवादी केन्द्रको एकताले साँच्चै उत्साह जगायो । स्थानीय चुनावमा एक्ला एक्लै चुनाव लडेर सांसदको चुनावमा गठबन्धनबाट चुनाव लडे पनि दुवै चुनावमा यस पालिकामा सफलता हाँसिल भएको छ ।

    पार्टी एकताको दौरानमा जुन उत्साह र उमंग थियो त्यो उत्साह केहि समयपछि नै सेलाउन पुग्यो । कारण, पार्टी केन्द्रले एकता प्रकृया ढिलो गर्नु, नेतृत्वमा ल्याउने प्रकृया हचुवा हुने, हिजो जो जुन, कमिटीमा छन्, जो जुन नेतृत्वमा छन् तत् कमिटिमा र तत् नेतृत्वमा हुनु, नयाँ अनुहार नआउनु, क्षमतावान व्यक्ति बाहिर हुनु, एकताको नाममा भागबण्डाको कारणले कतिपय भुइफुट्टाहरु नेतृत्वमा आउनु, जिल्ला नेतृत्वबाट आप्mनो समर्थकलाई, हनुमान गिरी गर्नेलाई विभिन्न विभागीय प्रमुख बनाउनु, जनप्रतिनिधिहरु नै पार्टीका पनि प्रमुख हुनु, केन्द्रमा सँधै किचलो भइरहनु लगायतले पार्टी काम ठप्पप्रायः छ ।

    पार्टीको नेतृत्व र निर्वाचित जनप्रतिनिधिहरुको व्यवहार हेरेर जनताहरुले कम्युनिष्ट पार्र्टीप्रतिको धारणा बनाउने हो । तर, नेकपाको नेतृत्वमा रहेका कतिपय स्थानीय जनप्रतिनिधिहरुको व्यवहार नवसामन्त, कमिशनखोर, सुविधा भोगी छर्लंगै देखियोे । यो लिखुकै उदाहरण हो । उपभोक्ता समिति बनाउँदा कमिशन दिने, आफ्नाे मान्छे, कर्मचारी करारमा नियुक्ति देखि सवारी साधन खरिद गर्दा कमिशनको विवाद, डोजर चलाउँदा कमिशन, ठेक्का दिँदा कमिशन, औषधि शेनेटरी प्याड खरिद मागी मागी कमिसन लिने गरेको चौतर्फी गुनासा आइरहे ।
    यति मात्रै नभइ योजना छनौट, फरफराक गर्दा प्राविधिकमार्फत कमिशन, अफिस सप्लायर्स खरिदमा पनि भ्रष्टाचार ! लिखुभरि भ्रष्टाचारको जालो नै लाग्यो ।

    गाँउपालिका तथा वडामा पार्टी नेतृत्वमा युवाहरुलाई विकास गर्ने, तर जीवनको महत्वपूर्ण समय पार्टीमा लगानी गरेका अनुभवी प्रौढहरुलाई ससम्मान पार्टीमा महत्वपूर्ण स्थान दिनुपर्छ । जसले गर्दा उनीहरुलाई आफुले विगतमा पार्टीमा लगानी गरेकोमा गर्व गर्न सक्ने अवस्था सृजना होस् ।

    आम मान्छेप्रति बोलि वचन र व्यवहार पनि राम्रो भएन । माननीय, मन्त्री आउदा चाकडि गर्ने, जनताहरुसँग म शासक हुँ भनेर रवाफ देखाउने, दबाउने । विकासका नाममा क्षेत्रीयताको हौवा फैलाएर सामाजिक द्वन्द्व मच्चाउने, सार्वजानिक सम्पतिको दोहन गर्ने, गाउँपालिकाका सबै गतिविधीमा राजनीतिक दलहरुलाई निषेध गर्ने लगायतका कारणबाट हाल नेपाल कम्युनिष्टि पार्टी बद्नाम हुन पुगेको छ ।

    यी जनप्रतिनिधीहरु किन जनउत्तरदायी नभइ ‘फुकेका राँगो’जस्ता भए त ? त्यसको पनि कारण छ । पहिलो कुरा, टिकट वितरण आफ्नाे मान्छे, र पैसावाला छनौट । दोश्रो कुरा, सैद्धान्तिक र राजनैतिक व्यक्ति भन्दा मनी र मशलवाला छनौट । तेश्रो कुरा स्थानीय चुनावपछि भएको संसदीय निर्वाचन अनि पार्टी एकता, सबै तहका पार्टी कमिटी विघटन, कमिटी विघटन भएपछि नागरिकका सवाल लिएर नेता कार्यकर्ता जाँदा ‘म पार्टीले भनेको मात्र मान्छु’ व्यक्तिले भनेको मान्दिन भन्ने । पार्टीले भन्न २ बर्ष सम्म त कुनै कमिटी नै बनेन ।

    बाँदरलाई लिस्नु भने झैं यसरी नै मौलाएको हो अराजकता । जव पार्टी बन्यो, पार्टी बनेपछि पनि ‘हामी त स्थनीय सरकार हौं’, पार्टीले भनेको मान्दैनौ भनेर खुलेआम भनियो । २ पटक त पार्टीले औपचारिक निर्णय गरेर लिखित सुझाव दिइसक्यो । दुवै पटकका निर्णयहरु पालिका अध्यक्षका धोति लागे । न सैद्धान्तिक ज्ञान, न व्यवहारिक नम्रता, न राजनैतिक संस्कार, न जन पक्षीय काम, न आर्थिक पारदर्शीत ! योे गाउँपालिका इतिहासमै सबैभन्दा भ्रष्ट, सनक, अव्यवहारिक, कमिशनखोर, संस्कारहीन, एकलकाटे, कथित स्थानीय जनप्रतिनिधि भएको कार्यकाल यही हुने निश्चित छ ।

    जसलाई पार्टीको जिल्ला नेतृत्वले लगाम लगाउनु पथ्र्यो । तर, दुर्भाग्य जिल्ला नेतृत्व फसेर उल्टो प्रशंशा गर्न पुग्यो जसको परिणाम हालको अवस्थामा लिखु गाउँपालिकामा पार्टीलाई नैतिक संकट भएको समय छ ।

    अब के गर्ने त ?

    जहाँ समस्या त्याँहाँ अवसर हुन्छन् । कतिपय निर्वाचित जनप्रतिनिधिहरुले पार्टीलाई रसातलमा पुर्याउन महत्वपूर्ण भूमिका खेले पनि पार्टीले आगामी दिनमा यी कुराबाट पाठ सिक्दै अवसरमा बदल्न सक्ने अवसर पनि हुन सक्छ । पार्टी कमिटिहरु चुस्त, दुरुस्त बनाउने, सबै सदसयहरुलाई अनिवार्य रुपमा कुनै न कुनै कमिटिमा संगठित गर्ने, पालिकामा कम्तिमा २ जना लाई पूर्णकालिन कार्यकर्ताको रुपमा विकास गर्ने र बाँकी सदस्यहरु केहि न केहि आयमूलक काम गरी आफु नमुनायोग्य बन्ने, पार्टीको लेवि सदश्यता सुल्क नियमित राख्ने ।

    यस्तै, जनप्रतिनिधि हरुलाई पार्टीको मातहत राख्ने, बस्न नचाहेमा कार्वाही गर्ने । पार्टी संगठन र जनप्रतिनिधि हरुलाई तत् अनुसारको प्रशिक्षण कार्यक्रमको निरन्तरता दिने, कार्य योजना बनाउने र कार्यान्वयन गर्ने वातावरण बनाउने । जनप्रतिनिधिहरुलाई आफ्नाे स्थानको ५ वर्षे भिजन, मिशन, र त्यसलाई पुरा गर्ने निश्चिित उद्देश्य बनाउन लगाइ सो अनुसार काम गर्ने वातावरण तयार पार्ने । टिकट वितरणमा सैद्धान्तिक, व्यवहारिक र भिजनेवल व्यक्तिलाई टिकट दिने, चाहे चुनाव हारोस् ।

    यी जनप्रतिनिधीहरु किन जनउत्तरदायी नभइ ‘फुकेका राँगो’जस्ता भए त ? त्यसको पनि कारण छ । पहिलो कुरा, टिकट वितरण आफ्नाे मान्छे, र पैसावाला छनौट । दोश्रो कुरा, सैद्धान्तिक र राजनैतिक व्यक्ति भन्दा मनी र मशलवाला छनौट ।

    यसैगरि राम्रो मान्छेलाई टिकट दिने, भइरहेको कृषि प्रणलीमा सुधार गरी बढि उपलब्धिमूलक, आयमूलक बनाउन सबै उपायहरुको अवलम्बन गर्ने । कमिशनखोरी, र भ्रष्टाचारप्रति निर्ममतापूर्वक प्रस्तुत हुने । स्थानीय तहहरु स्वायत्त हुने भएकाले आप्mनो स्थानीयतहबाट समाजवादी कार्यक्रम सुरुवात गर्ने । जनतासँग जनप्रतिनिधिहरु बारम्बार जाने, बास बस्ने उनीहरुबाट सुझाव लिने र सिक्ने, विज्ञहरु बोलाउने, फिल्डमै सिक्ने सिकाउने वातावरण बनाउने ।

    गाउँपालिकाको अनावश्यक खर्चमा मितव्ययिता र पारदर्शी विधी अपनाउनु पर्छ । सबै क्षेत्रमा काम र जिम्मेवारी अनुसार पुरस्कार र दण्डको नीति अवलम्बन गर्ने । सिद्धान्तमा दृढता र ब्यवहारमा लचकता प्रदर्शन गर्ने । पार्टी कमिटीहरुमा लेनिनवादी संगठन पद्धतिलाई कडाइका साथ कार्यान्वयन गर्ने ।

    त्यस्तै गरी, गाँउपालिका तथा वडामा पार्टी नेतृत्वमा युवाहरुलाई विकास गर्ने, तर जीवनको महत्वपूर्ण समय पार्टीमा लगानी गरेका अनुभवी प्रौढहरुलाई ससम्मान पार्टीमा महत्वपूर्ण स्थान दिनुपर्छ । जसले गर्दा उनीहरुलाई आफुले विगतमा पार्टीमा लगानी गरेकोमा गर्व गर्न सक्ने अवस्था सृजना होस् ।

    यीनै कुराहरुलाई मध्येनजर राखेर काम गर्नसके लिखु गाउँपालिकाको गौरवपूर्ण विगतलाई संरक्षण गर्दै, अल्छिलाग्दो वर्तमानलाई तिलाञ्जली दिँदै उज्वल र समृद्ध लिखको सुखद भविश्यलाई कसैले रोक्न सक्दैन । यति लेखिरहँदा माथि उल्लेख भएका कुराहरुले कतिपयलाई अपृय लाग्लान्, कतिपयहरुले आप्mना नन्दिभृङ्गी लगाएर सामाजिक सन्जालमार्फत आक्रमण पनि गर्लान् ।

    तर, मेरो चुनौति यो छ कि उल्लिखित एजेण्डाहरु पार्टी सदस्यवीचमा लगेर छलफल गराऔं, म झुट्टा ठहरे मेरो राजनैतिक जीवनलाई त्यागेर व्यक्तिगत जीवनमा फर्किन तयार छु ।
        (लेखक, नेकपा जिल्ला कमिटी सदस्य हुन् ।) 

    प्रतिक्रिया दिनुहोस