२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

प्रचण्डलाई राष्ट्रपतिको यस्ताे ‘सल्लाह’

  • २०७७ मंसिर ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • मंगलबार साँझ झण्डै डेढ घण्टासम्म राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समस्या समाधानको लागि आवश्यकता परे आफ्नै उपस्थितिमा लिखित सहमति गर्न सकिनेसम्मको वचन दिनुभएको बताइएको छ । स्रोतका अनुसार राष्ट्रपतिले दाहाललाई ‘महाधिवेशनसम्म कार्यकारी अध्यक्ष,त्यसपछि एकल अध्यक्षको वचन अनि एक वर्षपछि चुनावी सरकारको नेतृत्व’ दिन सकिनेसम्मको पहिलेको झैँ रोडम्याप देखाउनुभएको थियो ।

    मैले कति त्याग गरेको छु,तपाईंलाई पनि थाहा हुनुपर्छ । अब मिल्ने हो भने वहाँले त्याग गर्नुपर्छ ।त्यत्तिकै हावाको भरमा अघि बढ्न सकिँदैन ।’

    प्रचण्डले सँधै ल्याँगल्याँगको अवस्थालाई चिर्ने गरी पार्टी धेरै अगाडि बढिसकेको उल्लेख गरेपनि राष्ट्रपतिले ‘सबैजनालाई मिलाएर अघि बढ्नोस् । तपाईंसँग सबैले आशा र भरोसा गरेका छन्’ भन्दै यसअघि भेट गरेका वामदेव गौतम र रामबहादुर थापा बादललाई झैं ‘पार्टी विभाजनको अवस्था आएमा देश नै बर्बाद हुनेतर्फ मनन् गर्न’ आग्रह गर्नुभएको बताइन्छ । आफ्नो व्यक्तिगत इच्छा र चाहना केही पनि नभएको बताउँदै भण्डारीले भन्नुभयो ‘अब तपाईंहरूले नै हो यो देश हाँक्ने । म दुई कार्यकाल राष्ट्रपति बनिसकेँ । अब सक्रिय राजनीतिमा आउन पनि मिल्दैन तसर्थ,मेरो सुझाव र आकांक्षा भनेको तपाईंहरू बलियो हुनुपर्यो भन्ने मात्रै हो । मेरो कसैप्रति आग्रह र पूर्वाग्रह छैन ।’

    प्रत्युत्तरमा दाहालले विधानतः बुधबारको बैठक अवश्य बस्ने भन्दै पार्टीभित्रको प्रक्रिया यहाँसम्म आइपुगेकाले विधि र विधानबमोजिम ती सबै समस्याको समाधान गर्नुपर्ने मुख्य कार्यभार सचिवालयलाई रहेको बताउनुभएको बताइन्छ । दाहालको भनाई उद्धृत गर्दै स्रोतले भनेको छ,‘राजनीति एक जन्मको लागि मात्र होइन,अर्को जन्मको लागि समेत हुने गरी निष्ठापूर्वक गरिनुपर्छ । मूल नेतृत्वले अहंकार छाडेर त्यागको भावनालाई अघि बढाउनुपर्छ । मैले कति त्याग गरेको छु, तपाईंलाई पनि थाहा हुनुपर्छ । अब मिल्ने हो भने वहाँले त्याग गर्नुपर्छ । त्यत्तिकै हावाको भरमा अघि बढ्न सकिँदैन ।’

    प्रधानमन्त्रीले पछिल्लोपटक राष्ट्रपतिसँग गरेको भेटमा राजनीतिक दलसम्बन्धी अध्यादेश जारीको लागि अधिकतम प्रयास गर्नुभएको शीतल निवास स्रोतको दाबी छ । तर,राष्ट्रपति भण्डारीले अध्यादेशभन्दा पनि वामदेव गौतमलगायतलाई आफ्नोतर्फ ल्याउन दिएको सुझावपछि बालुवाटार एक कदम पछि हटेको थियो । राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव थियो ‘अध्यादेश ल्याउनुभयो भने फेरि पनि फस्नुहुन्छ ।’

    गत शुक्रबारपछि बालुवाटारले ‘जब पर्छ राती अनि..ताती’ भने झैं पूर्व माओवादीनिकट सांसदहरूलाई छुट्टाछुट्टै बोलाएर भेट्ने क्रम बढेको बताइन्छ । देवेन्द्र पौडेलहरूले आफूहरूले प्रधानमन्त्रीलाई भेटेपनि ‘कम्प्रोमाइज’ गरेर समस्या समाधानको लागि अघि बढ्न सुझाव दिएको बताएका छन् ।

    आजको बैठक खुमलटारले जसरी पनि राख्ने तयारी गरेको छ भने बालुवाटारले बैठक सार्ने योजना बनाएको छ । स्रोतका अनुसार आजको सचिवालय बैठक पनि बालुवाटारमै राखिने छ तर, बालुवाटारले बैठक राख्न अनुमति नदिएमा पार्टी मुख्यालय, धुम्बाराहीमा आयोजना हुने बताइएको छ । बालुवाटारमा बैठक राखेर बालुवाटारकै बिरुद्धमा निर्णय गर्ने प्रपञ्च खुमलटारले बनाएको भन्दै बालुवाटार निकटहरूले बैठक नराख्ने तयारी गरेको सुईंको आफूहरूले समेत पाएको खुमलटारले बताएको जनआश्थाले लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस