२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

मन्त्री परिषद् बाेलाएर सितल निवास किन पुगे ओलि ?

  • २०७७ मंसिर ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।

    केही समय अगाडि शीतल निवास पुगेका ओली राष्ट्रपति कार्यालयमै छन् । शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक भने एक घण्टा पर सारेका छन् । यसअघि प्रधानमन्त्री ओलीले दिउँसो एक बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

    सचिवालय बैठक बोलाइएकै समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् एक घण्टा स्थगित गरेपछि सचिवालय बैठक बस्ने सम्भावना देखिएको छ ।

    बैठक जुधाएर बाेलाएपछि अनिष्ट हुने आ‌ँकलन गरिएकाे थियाे । उद्यपी उनले एक घण्टा पछि २ बजेलाई मन्त्री परिषद् बाेलाएका छन् ।

    प्रतिक्रिया दिनुहोस