२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

बालुवाटारकाे अफर वामदेवलाई उपप्रधानमन्त्री, किन सकियाे ३० मिनेटमै वैठक ?

  • २०७७ कार्तिक २८, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई सरकारमा दोस्रो वरियताको उपप्रधानमन्त्री, (गृहमन्त्रालय हेर्नेगरी) दिने प्रस्ताव राखिएको छ । हिजो राती यसै प्रयोजनका निम्ति लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र अर्का एकजना संघीय मन्त्री भैँसेपाटी पुगेको बताइन्छ ।

    अझ महासचिव बिष्णु पौडेलले त भन्नुहुन्छ भने म अहिले नै तपाईंको निम्ति अर्थमन्त्री छाड्न तयार छुसमेत भन्नुभएको छ तर गौतमले अब जे जे निर्णय गर्नुपरे पनि व्यक्तिगत होइन पार्टीगत निर्णय बमोजिम नै हुनुपर्ने आफ्नो धारणा सुनाएर पठाउनुभएको स्रोतको दाबी छ ।

    यदि गौतमले उक्त प्रस्ताव स्वीकार्नुभएको भए या त आजको सचिवालय बैठक स्थगित गर्ने नभएपनि बैठकअघि नै गौतमलाई राष्ट्रपतिकोमा लगेर शपथ ग्रहण गराउने योजना थियो । तर सबै याेजना असफल भए ।

    वामदेवले प्रस्ताव अस्वीकार गरेपछि आजकाे वैठकमा ओलि रणनीति नयाँ फुरेन यही कारण आधा घण्टामै सकियाे नेकपा बैठक भन्ने जानकारहरुकाे ठहर छ ।

    प्रतिक्रिया दिनुहोस