२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

चम्पादेवीमा अखिल र युवा स‌ंघकाे मेल: नेतालाई भने गर्न पाइन्न ‘झेल’

  • २०७७ कार्तिक २७, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेकपा निकट विद्यार्थी स‌ंगठन अनेरास्ववियू र राष्ट्रिय युवा स‌ंघ नेपाल चम्पादेवी गाउँपालिका कमिटीले तिहार तथा छठ पर्वकाे अवसरमा शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रम आयाेजना गरेका छन् ।

    सहभागीहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै नेकपामा केन्द्रमा देखिएकाे विवादतिर ध्यान दिने नभइ स्थानीय तहमा स‌ंगठन विस्तारमा जाेड दिने विषयमा छलफल गरेका छन् । यसबारे नेताहरुले प्रशिक्षण समेत दिएका थिए ।

    कार्यक्रममा मातृ पार्टी नेकपाका जिल्ला अध्यक्ष माेहनकुमार खड्का,  नेकपा ओखलढुंगाका सचिवालय सदस्य एवं नेकपा चम्पादेवी गाउपालिका कमिटीका सह-इन्चार्ज सुरेश कुमार थापा,  नेकपा चम्पादेवी गाउपालिका कमिटीका सचीव क.गणेश कार्की , राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं जिल्ला सह-इन्चार्ज क.शन्तोष मगर, नेकपा ओखलढुंगा जिल्ला कमिटी सदस्य झम्कहरी बडाल, नेकपा  नेता जगत प्रसाद लुइँटेल, राष्ट्रिय युवा संघ नेपाल ओखलढुंगा जिल्ला सह-संयोजक छबिमरण धमला लगायत अखिल तथा युवा स‌ंघ र नेकपाका चम्पादेवी गाउँपािलकाका नेता कार्यकर्ता सहभागी थिए । 

    नेताहरुले एकताबद्ध भएर पालिकामा स‌ंगठन विस्तार जनताका सवाल पालिकासम्म पुर्याउने  र सम्बाेधन गराउने सवालमा धारणा राखेका थिए । कार्यक्रमले स्थानीय पार्टी कमिटिलाई काम गर्न उत्प्रेरणा मिलेकाे सहभागीले बताए ।  कार्यक्रमकाे अध्यक्षता शान्तिराज कार्कीले गरेका थिए भने सञ्चालन सुदर्शन कार्कीले गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस