२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

ओखलढुङ्गामा खेलकुद र देउसीभैलो ‘प्रतिबन्ध’ (के के गर्न निषेध छ हेर्नुहाेस्)

  • २०७७ कार्तिक २७, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुङ्गा- जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले भेलाजम्मा तथा भीडभाड हुने सबैखाले गतिविधीमा रोक लगाएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न तिहार, छैठ लगायत चाडबाडको अवसरमा हुने खेलकुदजन्य गतिविधीमा रोक लगाएको हो ।

    त्यस्तै तिहार विशेष खेलिने देउसी भैलो समेत आयोजना नगर्न जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तह र सरोकारवालाहरुलाई लिखित निर्देशन दिएको छ । चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान, चियापान, खेलकुद तथा अन्य राजनीतिक कार्यक्रम नगर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी मनिता कार्कीले जानकारी दिइन् ।

    राती आठबजेपछि मदिराजन्य वस्तु विक्रिवितरण नगर्न, अनावश्यक डिहडुल र जमघटन नगर्न निर्देशन दिइएको कार्कीको भनाइ छ । भेलाजम्मा हुने तथा भीडभाड हुने गतिविधीले यस अघि कोरोना संक्रमण फैलिएको भन्दै कार्यालयले चाडबाड विशेष सुरक्षा योजना बनाएर सुरक्षाकर्मी समेत परिचालन हुने जनाएको छ ।

    यस अघि दशैंको अवसरमा विभिन्न स्थानामा खेलकुद तथा भेला जम्माहुने कार्यक्रम आयोजना भएपछि प्रशासनले तिहारमा थप कडाइ गर्ने नीति लिएको हो ।

    प्रतिक्रिया दिनुहोस