२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

मानेभञ्ज्याङ्गमा अर्काे बलात्कारकाे घटना: आराेपित सुशिल यसरी परे फन्दामा

  • २०७७ कार्तिक २१, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुङ्गा- ४१ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ३ का २२ वर्षीय सुशिल सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

    सार्कीले गाउँकै एक क्लबको भवनमा एक्लै पारेर कात्तिक १७ गते साँझ बलात्कार गरेको उजुरीपछि प्रहरीले पक्रेको हो । आरोपितलाई पक्राउ गरर अनुसँधान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका डिएस्पी रुपेश खड्काले जानकारी दिए

    पीडित पक्षले घटना लगत्तै सोमबार जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । मौखीक उजुरीका आधारमा आरोपित पक्राउ गरेर प्रहरीले पीडित महिलाको लिखित उजुरी लिएको छ ।

    पीडित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । अनुसन्धान सकेर आरोपितलाई जवरजस्ती करणी मुद्दामा अदालत पेश गरिने डिएस्पी खड्काले बताए ।

    प्रतिक्रिया दिनुहोस