२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

गाउँपालिका अध्यक्षले पुर्याए घाइते महिलालाई अस्पताल

  • २०७७ कार्तिक २१, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुङ्गा- खिजीदेम्वा गाउँपालिका २ रगनीकी सर्मीला भूजेल खाना पकाउन अगेनोमा बसालेको प्रेसर कुकर पड्एिर शुक्रबार गम्भीर घाइते भइन्। प्रेसर कुकरले लागेर अनुहारभरि चोट लाग्यो । रक्तश्राव भयो, उनको अवस्था गम्भीर भयो ।

    घाइतेलाई कसरी उपचार गराउने र कहाँ लाने भन्ने चिन्ताले पिरोलेकै समयमा गाउँपालिका अध्यक्ष बेदबहादुर रोका पुगे । उनी काठमाण्डौंस्थित अस्पतालमा उपचाररत आमालाई भेट्न हिँडेका थिए । उनले बाटोमा त्यसरी गम्भीर घाइते अवस्थामा
    भेटिएकी सर्मीलाको उपचारका लागि आफुासँगै राखेर पहिले अूपताल पुर्याए ।

    रोकाले आफुसँगै गाडीमा लगेर रामेछापको सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका लागि भर्ना गरे । अहिले उनको उपचार भइरहेको छ । सर्मीलालाई गम्भीर घाइते अवस्थामा बाटोबाटै अस्पताल पुर्याएपछि उनी र उनको परिवार निकै खुसी भएका छन् ।

    आपत्को अवस्थामा आफ्नो उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएकोमा सर्मीलाले खुसी हुँदै धन्यावाद दिइन् । संकटमा साथ दिने अध्यक्ष पाएको रगनीका स्थानीयले अध्यक्ष रोकाको भूमिकाको प्रसंसा गरेका छन् । उनीहरुको भनाइ छ, ‘अध्यक्ष हुनु त यस्तो पो ।’

    प्रतिक्रिया दिनुहोस