२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

मोलुङ र मानेभञ्ज्याङले डाक्टरै पाएनन्

  • २०७७ कार्तिक १८, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- कोरोना अस्पतालका लागि डाक्टर माग गरे पनि ओखलढुंगाका दुई तहले डाक्टर पाएका छैनन् । संघीय सरकारको अनुदान साझेदारीमा स्थापना हुने कोरोना अस्पतालमा एक एमविविएस डाक्टर तथा दुई जना स्टाफ नर्स नियुक्ति गर्न सुचना निकाले पनि दुई तहमा डाक्टर आएनन् ।

    आवेदन नै नपरेकाले स्टाफ नर्स मात्रै नियुक्ति भएको मोलुङ गाउँपालिकाका सुचना तथा प्रविधी अधिकृत गोपाल नेपालले जनाए । डाक्टरको पदमा दरखास्त नै नपरेको नेपालले जानकारी दिए । अस्पताल सञ्चालनका लागि पूर्वाधार तयारीको प्रकृया पनि शुरु भइसकेको छ । मोलुङले ५ शैयाको कोरोना अस्पताल रामपुरमा सञ्चालन गर्ने भएको छ ।

    त्यस्तै मानेभञ्ज्याङ गाउँपालिकाले पनि कोरोना अस्पतालका लागि डाक्टर पाएको छैन । डाक्टरको पदमा एक जनाले दरखास्त दिए पनि अन्र्तवार्तामा नआएकाले नियुक्ति नसकेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराईले एक दरखास्त परे पनि परीक्षामा अनुपस्थित भएकाले स्टार्फ नर्स र सहयोगी कर्मचारी मात्रै नियुक्ति गरेको जानकारी दिए । उनले भने, ‘डाक्टर आएनन्, फेरि सुचना निकाल्नु पर्ने छ ।’

    ओखलढुंगाका आठमध्ये सात स्थानीय तहमा कोभिड अस्पताल सञ्चालन गर्न बजेट आएको छ । खिजीदेम्वा गाउँपालिकाले भने डाक्टर तथा नर्स नियुक्ति गरिसकेको छ ।

    सरकारले देशभरका अस्पताल नभएका सबै स्थानीय तहमा कम्तिमा ५ शैयाको अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउन बजेटसहित परिपत्र गरे पनि कार्यन्वयन भइसकेको छैन । ओखलढुंगाका आठमध्ये सात स्थानीय तहमा कोभिड अस्पताल सञ्चालन गर्न बजेट आएको छ । खिजीदेम्वा गाउँपालिकाले भने डाक्टर तथा नर्स नियुक्ति गरिसकेको छ ।

    कोरोना संक्रमित तथा अन्यको उपचारका लागि स्थानीय तहमै व्यवस्था गर्न बजेट आइसकेपनि चाडबाड लगायतका वहानामा अन्य तहमा कोरोना अस्पताल सञ्चालनको काम प्रभाकारी हुन सकेको छैन । शुरु गरेका तहमा पनि पहिले कर्मचारी नियुक्तिको प्रकृया शुरु गरिएको छ । पूर्वाधार निर्माणतर्फ पहिले ध्यान दिनु पर्ने सरोकारवालाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस