२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

‘निकट’हरूसँग ओलीको ब्रिफिङ- ‘मोदीले फसाए’ तर कसरी ?

  • २०७७ कार्तिक १६, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयलसँगको भेटले ल्याएको आलोचना र विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरूसँग मुख खोलेका छन् । पार्टीमा विवादले चरम सीमा नाघेका बेला प्रधानमन्त्री ओलीले आगामी रणनीति बनाउन बोलाएका केहि नेताहरूलाई यसबारे बताएका थिए ।

    प्रधानमन्त्री ओलीका विश्वासपात्रहरू राजधानी आएपछि बसेको रणनीतिक बैठकमा केहि नेताहरूले रअ प्रमुखसंगको भेटघाटले पार्टीको तल्लो तहसम्म आफूहरूलाई क्षती भएको भन्दै चासो देखाएका थिए । जवाफमा ओलीले आफूलाई भारतीय प्रधानमन्त्री मोदीले ढोका दिएको बताएका थिए ।

    ओलीनिकट नेताहरूले प्रचण्डसँग पनि संवाद गरिरहेका छन् भने प्रधानमन्त्रीसँग पनि दिनहुँजसो छलफल गरिरहेका छन् । उनीहरूले प्रचण्डसँगको असन्तुष्टिको कारण पनि बुझिरहेका छन् । ओलीनिकट नेताहरूले भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई पनि निकै चासोका साथ् हेरेका छन् ।

    प्रधानमन्त्री ओलीले उनीहरूलाई गरेको ब्रिफिङमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसंग कुरा हुँदा दुत पठाउँछु भनेर बचन दिएको तर पठाउँदा भने रअ प्रमुख पठाएपछि आफूले नकार्न नसकेको बताएका थिए ।

    उनीहरूसंगको ब्रिफिङमा प्रधानमन्त्री ओलीले सामन्तसंग खास के कुरा भयो भन्ने बिषयमा समेत नबताएको एक नेताले दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच त्यहाँको स्वतन्त्रता दिवसका दिन टेलिफोन संवाद भएको थियो । त्यही दिन मोदीले दूत पठाउने प्रस्ताव गरेको ओलीको ब्रिफिङ थियो ।

    प्रतिक्रिया दिनुहोस