२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

कांग्रेस नेता रामहरि खतिवडाले दिए कारागारलाई ‘हिलटेक’

  • २०७७ कार्तिक १४, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगा जिल्ला कारागारलाई १ हजार लिटरकाे हिलटेक उपलब्ध गराएका छन् ।  खानेपानीकाे समस्या हुँदा पानी जम्मा गरेर कारागारका कैदीबन्दीहरुलाई प्रयाेग गर्न सहज हुने अपेक्षा गरिएकाे छ ।

    नेता खतिवडाले सबैभन्दा महत्त्वपूर्ण कुरा पानी भएकोले त्यहाँ रहेका साथीहरूलाई पानीको धेरै अभाव रहेको थाहा पाएर समस्या समाधान होला भनेर  पानी जम्मा गर्न ट्यांकी उपलब्ध गराएकाे बताए ।  खतिवडाले कारागार कार्यालयका प्रमुख चुडामणि अर्याललाई हस्तान्तरण गर्दै पानीकाे समस्या समाधानका लागि पहल गर्ने पनि बताएका छन् ।

    उक्त अबसरमा नेपाली काङ्ग्रेसका जिल्ला सचिव तथा सुनकोसी गाउँ पालिकाका अध्यक्ष रुद्र अधिकारी र नेपाली काङ्ग्रेसक्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष तथा मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष मोतीराज राई समेत सहाभागी थिए ।

    प्रतिक्रिया दिनुहोस