२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

तितेपातिकाे तेल यसरी हुन्छ उत्पादन !

  • २०७७ कार्तिक १४, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • तितेपातीकाे पनि तेल हुन्छ भन्दा तपाइलाई पत्यार नलाग्ला तर तितेपातिकाे तेल निकै महंगाेमा बिक्रि हुने गरेकाे छ । हाम्रै नेपालकाे  लमजुङस्थित क्व्होँलासोंथर गाउँपालिका–८ घाम्राङबेसीमा तितेपातीको व्यवसायिक तेल उत्पादन सुरु गरिएको छ ।

    हिमालयन हर्बो सेन्टर घाम्राङ लमजुङले तेल उत्पादन सुरु गरेको हो । मिदीम नदी किनारमा मेसिन जडान गरी तितेपातीबाट तेल उत्पादन थालिएको हो । हिमालयन हर्बो सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले ६ सय केजी तितेपातीबाट एक लिटर तेल उत्पादन हुने बताए ।

    कम्पनीले स्थानीयसँग प्रतिकेजी चार रुपैयाँमा तितेपाती खरिद गर्ने गरेको छ । गुरुङका अनुसार सो मेसिन जडान गर्नका लागि २६ लाख रुपैयाँ खर्च लागेको छ । १४ लाख रुपैयाँ डिभिजन वन कार्यालय लमजुङबाट अनुदान प्राप्त भएको र बाँकी रकम कम्पनीका सञ्चालकले लगानी गरेका छन् ।

    पातीको तेल अमेरिका, जापान, युरोपमा बिक्री गरिन्छ । तेलको बजार मूल्य प्रति लिटर ७ देखि १० हजार रुपैयाँ रहेको छ ।  तीतेपातीसँगै रोजमरी, तुलसी, जेनेमियमको उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ । कम्पनीले नै नर्सरी स्थापना गरी विरुवा उत्पादन गरेर खेती गर्न चाहने किसानलाई वितरण गर्ने गरेको अन्नपूर्ण अनलाइनमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस