२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

ओखलढुङ्गाः आफ्नै छोरीमाथि भरुवा बन्दुक पड्काउने बाबुलाई दिइयाे यस्तो सजाय !

  • २०७७ कार्तिक १, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- आफ्नै छोरीमाथि भरुवा बन्दुक प्रहार गरेर गम्भीर घाइते बनाउने बाबु कारागार चलान भएका छन् ।
    मोलुङ गाउँपालिका वडा नं ७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ ओखलढुंगा जिल्ला अदालतको असोज आदेशले असोज ३० गते शुक्रबार पुर्पक्षका लागि कारगार चलान भएको अदालतका तहसिलदार लालबहादुर कार्कीले जानकारी दिए ।

    तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योग मुद्दा चलाइएको थियो । तामाङले १३ वर्षीया फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भरुवा बन्दुक प्रहार गर्दा बन्दुकको छर्रा लागेर उनी गम्भीर घाइते भएकी थिइन् । प्रहरीले आरोपित बाबुलाई असोज १७ गते पक्राउ गरेको थियो ।

    बालिकाको दाहिने खुट्टाको घुँडाभन्दामाथि बन्दुकको छर्रा लागेको वडाध्यक्ष हेम सुनुवारले बताए । घाइते बालिकाको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार गरिएको छ । आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ १६ हजार २ सय ७५ रुपैयाँ सहयोग उपलब्ध गराएको सुनुवारको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस