२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

आषय करणी मुद्दाका आरोपित मानेभञ्याङ्ग- ३ वडा अध्यक्ष धरौटीमा रिहा

  • २०७७ आश्विन ३०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- आषय करणी मुद्दाका आरोपित मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष मेडल राई धरौटीमा छुटेका छन् ।

    उक्त मुद्दामा सुनुवाइ हुँदा २ लाख धरौटीमा छाड्ने आदेश भएकाले आरोपित तोकिएको धरौटी बुझाएर छुटेको अदालतका तहसिलदार लालबहादुर कार्कीले जानकारी दिए । स्थानीय एक २४ वर्षीया महिलाले राती सुतेको ठाउँमा आएर बलात्कार प्रयास गरेको भन्दै असोज १९ उजुरी दर्ता गरेकी थिइन् । उजुरीपछि प्रहरीले आरोपित वडा अध्यक्षलाई सोही दिन पक्राउ गरी आषय करणी मुद्दा दर्ता गरेको थियो ।

    आरोपित वडा अध्यक्ष राईले ०७७ असोज १६ गते राति घरैमा सुतेको ठाउँमा आइ बलात्कार प्रयास गरेको पीडित महिलाले बताइन् । घटनापछि आरोपित वडा अध्यक्षसहित स्थानीयले  मिलापत्र गर्न दवाव दिएको पीडित पक्षको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी रुपेश खड्काले पीडित पक्षको जाहेरीका आधारमा आषय करणीको मुद्दा दर्ता भएको बताए । उनले जाहेरी नै आषय करणीमा आएको जानकारी दिए । बलात्कार प्रयासको घटना आषय करणीमा दर्ता भएर धरौटीमा छुट्नु अनौठो विषय भएको भन्दै महिलाअधिकारकर्मीहरुले आश्चर्य व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस