२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

जागिर खाेज्दै हुनुहुन्छ ? प्रहरीले माग्याे ५ हजार कर्मचारी, ओखलढुंगामा पनि आवेदन दिन सकिने

  • २०७७ आश्विन ३०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • नेपाल प्रहरीले ५ हजारभन्दा बढी युवाहरुलाई प्रहरी जवान पदका लागि भर्ना हुन सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

    आज प्रकाशित सूचनाअनुासर खुलाबाट २ हजार ८१७, अमर रअशक्त प्रहरी परिवारबाट १०५ जना प्रहरी जवान छनौट गरिने सूचनामा उल्लेख छ ।

    त्यसैगरी समावेशी समुह अन्तर्गत महिला तर्फ ४६१, आदिवासी जनजाति महिला तर्फ ७३७, मधेसीबाट ६४६, दलितबाट ३४५ र पिछडा क्षेत्रबाट ११६ जना प्रहरी जवान छनौट गरीनेछ ।

    यो पदमा भर्ना हुन न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ। प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले जनाएको छ।

    देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर) मा दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस