२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

‘डालीमा फूल फुल्दा हेमन्ता मख्खै ! (भिडियाेसहित)

  • २०७७ आश्विन २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- गायिका हेमन्ता राईले ‘दुई थोपा आँशु’ चलचित्रको ‘डाली डाली फुल फुल्यो‘’ गीतको रिमिक्स लिएर आएकी छन् । म्युजिक डिजे सन्तोष र स्वर हेमन्ता राईले दिएका छन् भने अञ्जली लामाले मोडलिङ गरेकी छन् ।

    यहि असोज २२ गते बुढा सुब्बा डिजिटलबाट म्युजिक भिडियो रिलिज गरिएको छ । यस गीतको ओर्जिनल स्वर साधाना सरगमको छन भने एफटी हेमन्ता राईको हो । पप गीतहरुमा रुची राख्ने राईले पहिल्यै बजारमा आइसकेका गीतहरुमा स्वर दिदै आएकी छन् ।

    उनले हालसम्म ‘मुटु बनी‘’, ‘नाई–नाई‘’ लगायत २० भन्दा बढि गीतमा स्वर दिइसकेको दाबी गरेकी छन् । उनको बुझाइमा गाउनलाई निक्कै मेहनत गर्नुपर्छ । लगानीदेखि दैनिक रियाजलाई ध्यान दिनुपर्ने हुन्छ । खोटाङको दिक्तेल जन्म भएकी हेमन्ता सानै उमेरदेखि काठमाडौंको पुरानो बानेश्वरमा हुर्किएकी हुन । उनी सानैदेखि गीत संगीतमा रुची राख्थिन् । कक्षा ११ पढ्दै गर्दा इन्स्टिच्युटमा गएर ‘म्युजिक क्लास’ लिन थालिन् ।

    गीतमा स्वर दिन र सार्वजानिक गर्न थालिन् । लाहुरे पारिवारिक पृष्ठभुमी भएकी राईलाई गीत संगीतमा लाग्न सजिलो थिएन । परिवारले पढाइमा केन्द्रीत हुन दबाब दिन्थ्यो । उनी कक्षा ११ र १२ तथा स्नातकमा व्यवस्थापन संकायकी विद्यार्थी भएपनि लुकीछिपि गीतसंगीतमा लागिन् ।

    उनलाई बुवाको भने साथ थियो । ‘बुवाले गिटार बजाएर गीत गाउने गर्नुहुन्थ्यो, मलाई पनि इन्स्पायर गर्नुहुन्थ्यो,’ उनले भनिन् । उनले गीत गाउन थालेको ९ बर्ष भैसकेको छ । केही बर्ष नेपाल बाहिर इण्डिया बस्न गइन् । नेपाल बाहिरको बसाई छोडेर आएपछि आफ्नो गायन यात्रा पुन केन्द्रित गरिन ।

    ‘डाली डाली फुल फुल्यो‘’ म्युजिक भिडियोमा लकडाउनकै बेला काम गरेकी हुन् । उनको गीतहरुलाई स्रोताले खुबै मन पराउँछन् । परिवारले पनि साथ, सहयोग र हौसला दिने गरेका छन् । उनी यो क्षेत्रमा लाग्नुमा उनको रुची र सौख नै हो । गुरु शारदा क्षेत्री र मिलन सिंहबाट म्युजिक शिक्षा लिएका थिए ।

    उनी विहान कलेज जान्थिन् । दिउँसो र साँझ ‘म्युजिक क्लास’ जान्थिन् । गायनलाई निरन्तरता दिने उनको लक्ष्य छ । उनी एकान्तप्रेमी छिन् । पप गायकमा वविन प्रधान र गायिकामा इन्दिरा जोशी मन पराउछिन् ।

    हेर्नुहाेस् भिडियाे

    प्रतिक्रिया दिनुहोस