२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

ओखलढुंगामा दुखद घटना: दशैंकाे मुखैमा ज्ञानबहादुरकाे घर यसरी जल्याे

  • २०७७ आश्विन २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका वडा नं ८ मा आगलागी भएकाे छ । आगलागीबाट स्थानीय ज्ञानबहादुर परियारकाे घर जलेर नष्ट भएकाे छ ।

    असावधानीका कारण खरका छाना भएकाे घरमा लागेकाे आगाेका कारण सबै धनमाल जलेर नष्ट भएकाे छ । लत्ता कपडा खाद्यन्न लगायत सबै जलेपछि परियारकाे बिचल्ली भएकाे छ ।

    स्थानीयले घरमा सल्केकाे आगाे निभाए पनि आगाेले सम्पूर्ण धनमाल जलेकाे स्थानीयले मदन तामाङकाे भनाइ छ । दशैंकाे मुखैमा ज्ञानबहादुरकाे परिवार घरबार बिहीन भएका छन्  ।

    विद्युत सर्ट भएर आगाे लागेकाे वडा अध्यक्ष हेमबहादुर तामाङले नागरिक मिडियालाई बताए । पीडित घरबार बिहीन भएकाले सबैले सहयाेग गर्न उनले अपिल पनि गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस