२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

रुम्जाटारमा सांस्कृतिक संग्रहालयकाे निर्माण शुरु

  • २०७७ आश्विन २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  सिद्धिचरण नगरपालिका ४ स्थित रुम्जाटारमा ‘रुम्जाटार सांस्कृतिक संग्रहालय’काे निर्माण शुरु भएकाे छ । प्रदेश सरकारकाे लगानीमा संग्राहलय निर्माण शुरु भएकाे हाे ।

    रुम्जाटारमा सांस्कृतिक संग्राहलय निर्माण गर्ने अबधारणा ११ वर्ष पहिले आएकाे हाे । २०६६ सालमा निर्माणका लागि जग्गा व्यवस्थापन गरिएकाे थियाे । तत्कालीन ‘ओखलढुंगा रुम्जाटार सास्कृतिक पर्यटकीय महोत्सव २०६६’ ले आयाेजना गरेकाे महाेत्सवमा त्यसकाे घाेषणा गरिएकाे थियाे ।

    त्याे बेलै संग्राहलय शिलान्याश समेत गरिएकाे थियाे । त्यसपछि बजेट अभाव लगायतका कारण निर्माण शुरु भएकाे थिएन । संग्राहलय निर्माणका लागि स्वर्गीय नन्दकुमारी गुरुङको नाममा समाजसेवी क्या. गणेश बहादुर गुरुङले २ रोपनी जग्गा उपलब्ध गराएका थिए ।
    थप जग्गा ओखलढुंगा रुम्जाटार युनाइटेड क्लबको १रोपनि १० आना समेत गरेर अहिले  निर्माण शुरु गरिएकाे छ ।

    हाल प्रदेश १ का भाैतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बीरबाबु गुरुङकाे पहलमा बजेट व्यवस्थापन गरे पछि निर्माण शुरु भएकाे सिद्धिचरण नगरपालिका वडा न‌ं ४ का वडा सदस्य प्रकाश कट्वालले बताए ।

    राज्य मन्त्री  गुरुङले पुन: शीलान्याश गरेर निर्माण कार्य अघि बढेकाे छ । संग्राहालयमा गुरुङ समुदायकाे संस्कार संस्कृति तथा रुम्जाटारसँग जाेडिएका एतिहाँसिक दस्तावेज तथा अभिलेख रहने बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस