२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

संक्रमित निको भएसँगै ओखलढुंगा संक्रमण मुक्त

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगा कोरोना संक्रमण मुक्त भएको छ ।

    पछिल्लोपटक आइसोलेसनमा उपचार गराइरहेका ३ जना कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आएँसगै ओखलढुंगा कोरोना संक्रमण मुक्त भएको हो ।

    होल्डिङ सेन्टरमा रहेकाहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय, पुराना संक्रमितसहित स्वाब पठाइएका ४३ जनाकै रिपोर्ट मंगलबार नेगेटिभ आएको थियो । जिल्लामा हालसम्म सुरुदेखि ६६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती सबै निको भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस