२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

२४ घण्टामा ३५ सय ५६ मा कोरोना संक्रमण: १८ जनाको मृत्यु

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ आश्विन २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- पछिल्लो २४ घण्टामा उपत्यकामा २१ सय २९ सहित २४ घण्टामा नेपालमा ३५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र २१ सय २९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा १७ सय ४६ जना रहेका छन्।

    गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १५ हजार ४८ जना रहेका छन् भने होम आइसोलेशनमा २० हजार आठ सय ६७ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ७९५ जना रहेका छन्।

    मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३०७ र भेन्टिलेटरमा ६६ जना बिरामी रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस