२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

आइतबार आज १२ घण्टामा १३ जनाकाे काेराेना स‌ंक्रमणबाट मृत्यु !

  • २०७७ आश्विन २५, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- कोरोना संक्रमितको संख्यासँगै मृतकको संख्यासमेत उच्च हुँदै गएको छ। शनिबार राति र आइतबार बिहान गरी थप १३ जना संक्रमितले ज्यान गुमाएका छन्। शनिबार प्रेस बिफ्रिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ६१४ जनाको कोरोनाले मृत्यु भएको बताएका थिए।

    बुटवलमा तीन जनाको मृत्यु भएकाे छ ।धागो कारखानास्थित कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको हाे ।  बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देहीका अस्पतालमा आईसीयू बेड खाली नभएपछि दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ।

    धरानमा पनि तीन जनाको मृत्यु भएकाे छ ।विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन कोरोना संक्रमितको मृत्यु भएको हाे। प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान र धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो।

    त्यस्तै  बाँके दुई जनाको मृत्यु भएकाे बताइएकाे छ । बाँके जिल्लामा शनिबार राति कोरोना भाइरस (कोभिड १९) बाट दुई जनाको मृत्यु भएको हाे । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका १० का ८४ वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जमा, कोहलपुर नगरपालिका- ८ गोल्छा टोलकी ७१ वर्षीया महिलाको राति १० बजे भेरी अस्पतालमा उपचारको क्रममा कोरोनाबाट मृत्यु भएको छ।

    यता विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको गए राति मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार सुनसरी हरिनगरा–४ का ७१ वर्षीय वृद्धको उपचारका क्रममा राति १०:१५ बजे र दुहवी –३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको हो। यसै गरि चितवनमा एक,  धुलिखेलमा एक र  धनगढीमा एक जनाको मृत्यु भएकाे छ ।

    प्रतिक्रिया दिनुहोस