२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

भ्रष्टाचार र कालाबजारी नराेके आन्दाेलन गर्ने १४ दलकाे चेतावनी

  • २०७७ आश्विन २४, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- आन्दाेलनरत १४ दलीय माेर्चाले जिल्लामा कालाबजारी, म‌ंहगी र भ्रष्टाचार बढेकाे भन्दै नियन्त्रण गर्न माग गरेकाे छ । १४ दलीय माेर्चाकाे तर्फबाट क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी पर्वतले विज्ञप्ती जारी गर्दै स्थानीय सरकार तथा सरकारी निकायकाे ध्यानाकर्षण  गराएका हुन् ।

    भ्रष्टाचार, कालाबजारी, महंगी र तस्करी राेक्ने दायित्व सरकारकाे भए पनि जनप्रतिनधीहरु  नै त्यसमा संलग्न रहेकाे आराेप लगाइएकाे छ । काेराेना भाइरस राेकथामलाइ कमाउ धन्दा बनाइएकाे अखाद्य वस्तु म्याद गुज्रेका र मनपरी शुल्क लिएर काराेबार भएकाे विषयमा छानिवन तथा कारवाही गर्न माग गरिएकाे छ ।

    माेर्चाले बन्द विद्यालय सञ्चालन तथा सुरक्षा मापदण्डकाे पालना, बाहिरबाट आएकालाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न तथा सरकारले एमसिसि खारेज गर्नु पर्ने लगायत ८ बुँदे माग गरेकाे छ ।

    माग पुरा नभए माेर्चा आन्दाेलनमा जाने चेतावनी दिइएकाे छ ।

    हेर्नुहाेस् विज्ञप्ती

    प्रतिक्रिया दिनुहोस