२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
कितावका कुरा

‘थुलुङ मुन्धुम’ सार्वजनिक

  • २०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- थुलुङ राईहरुको संस्कार र संस्कृति समेटेर ‘थुलुङ मुन्धुम’ धर्मग्रन्थ सार्वजनिक गरिएको छ । बम थुलुङ स्मृति फाउण्डेशनले प्रकाशन गरेको उक्त पुस्तक थुलुङ धर्म संस्कृतिका विज्ञहरुको संयुक्त लेखन हो ।

    हालै चिशंखुगढीको कुईभीरमा लोकार्पण गरिएको उक्त पुस्तकको सम्पादक तथा संकलक जसिहव थुलुङ ‘खाल्र्युम्च्यो’, डा. सुकराज थुलुङ राई र खुक्साङ खम्बुले गरेका हुन् । लामो समयदेखि थुलुङ जातिको धर्म, संस्कृति र परम्पराबारे अनुसन्धानरत उनीहरुले जातीय संस्कृति संरक्षणका लागि ग्रन्थ तयार पारेको बताएका छन् ।

    जन्म तथा मृत्यु संस्कार, प्रकृया पद्धतिबारे अलिखित परम्परामै चलिरहेको अवस्थामा धर्मग्रन्थ तथा संस्कृति पुस्तकका ल्याइएको सम्पादक तथा संकलक जसिहव थुलुङले बताए । उनले भने, ‘यो पुस्तकमा थुलुङ राई जातिको जन्मदेखि मृत्युसम्मको विधी र संस्कार संस्कृतिको बृतान्त छ ।’

    थुलुङ राई जातिको थातथलो ओखलढुंगा, खोटाङ, सोलुखुम्बु र उदयपुर हो । यिनै जिल्लाबाट देशभर विस्तार भएका उनीहरुको संस्कार मुख्य गरि ओखलढुंगा, खोटाङ, सोलुखुम्बुमा विद्यमान परम्परालाई ग्रन्थमा समेटिएको छ ।
    समाजको सभ्याता र संस्कृतिलाई लिपीबद्ध गराउँदा यसले परम्परा जोगाउने र धर्म संस्कृतिको संरक्षणमा योगदान पुग्ने चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए । अलिखित संस्कार र परम्परालाई लिपीबद्ध गर्दै जानु पर्ने उनको भनाइ छ ।

    पुस्तक विमोचनमा जापान थुलुङ, दुर्योधन थुलुङ, टुकराज थुलुङ, पञ्चबीर थुलुङ, मेखजंग थुलुङ, लालबहादुर थुलुङलगायतले धारणा राखेका थिए । उनीहरुले थुलुङ राईजातिको मुन्धुम, भाषा, तथा संस्कार र संस्कृतिको संरक्षण हुनुपर्नेमा जोड दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस