२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

एकैदिन ३ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि, एकै दिन अहिलेसम्मकै धेरै संक्रमित

  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित ३ साल अघि
  •  काठमाडौं- पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् ।

    यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् । देशभर २५ हजार ७ संक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया दिनुहोस