२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

यौन दुर्व्यवहारको आरोपमा मानेभञ्ज्याङ-३ का वडा अध्यक्ष पक्राउ

  • २०७७ आश्विन २०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष मेडल राईलाई याैन दुर्व्यवहारको आरोप लागेकाे छ ।  वडा अध्यक्ष विरुद्ध उजुरी आएपछि उनी पक्राउ सोमबारै पक्राउ परेको प्रहरीले जनाएको छ ।

    एक महिलामाथि यौन दुव्र्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी रुपेश खड्काले बताए । उनले भने, ‘हामीले नियन्त्रणमा लिएका छौं, आषय करणीको जाहेरी आएकाले अनुसन्धानको क्रममा छ ।’ अध्यक्ष राईले चार दिन पहिले मादक पदार्थ सेवन गरेर घरैमा गई यौन दुव्र्यवहार गरेको पीडित महिलाको आरोप छ ।

    स्थानीयका अनुसार वडा अध्यक्षको घर ढलानको दिन खानपान निकै अबेरसम्म भएको र मादक पदार्थले लठ्ठ भएका अध्यक्ष बेसुरमा आफ्नो घरजाँदा महिलाको घर पुगेका थिए तर कुनै दुर्व्यवहार गरेका थिएनन् ।

    पीडित पक्षले भने राती महिला सुतेकै ठाउँमा गएर करणी प्रयास गरेको आरोप लगाएको छ । घटना अनुसन्धानमै रहेकाले थप पछि खुल्ने प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस