२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

नेतासहित साठी वर्ष नाघेकालाई घरबाहिर निस्कन यस कारण प्रतिबन्ध !

  • २०७७ आश्विन १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • कोरोना संक्रमण उच्च दरमा बढेपछि सरकारले साठी वर्ष नाघेका नागरिकलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । विशेषगरी काठमाडौँ, मोरङ र सुर्खेतका साठी वर्ष उमेर नाघेका नागरिकलाई घरबाहिर ननिस्कन सूचना जारी गरिएको हो ।
    स्वास्थ्य मन्त्रालयको सूचनाअनुसार अब सत्तारुढ नेकपासहित सबैजसो दलका अध्यक्ष र नेताहरुलाईसमेत घरबाट निस्कन मुस्किल पर्नेछ ।प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू लगायतका नेता पनि प्रतिबन्धितको लिस्टमा पर्छन् ।
    तर यतिबेला राष्ट्रिय राजनीतिमा मन्त्रिपरिषद् हेरफेरको चर्चासँगै नेताहरूको भेटघाट आन्तरिक छलफल बढेको छ । मृगौला फेरेका प्रधानमन्त्री दिनहुँजसो नेताहरूसँग भेटघाटमा हुनुहुन्छ ।संक्रमणको जोखिम उच्च भएपछि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले यस्तो अपिल गरेको जनआस्थाले लेखेकाे छ ।
    यस अघि मन्त्रालयले सेवा तथा व्यापार केही समय बन्द नै गराउनुपर्ने सुझाउँदै आएको थियो । हिजाे साेमबार एकैदिन कोरोना संक्रमित १५७३ थपिएका छन् योसँगै नेपालमा संक्रमितको संख्या ७३ हजार नाघेको छ । तीमध्ये करिब ५४ हजार निको भएका छन् भने ४ सय ७७ जनाको मृत्यु भएको छ ।
    संक्रमणको जोखिम बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रम, भेला गर्न रोक लगाएपनि नेताहरूको नियमित भेटघाट कार्यक्रम भने रोकिएको छैन । कोरोना संक्रमणको दरका आधारमा पाको उमेरका व्यक्तिमा बढी जोखिम देखिएपछि स्वास्थ्य मन्त्रालयले थप संयम रहन आग्रह गरेको हो । तर अरु नागरिकलाई जस्तै नेताहरूलाई स्वास्थ्य मन्त्रालयको यस्तो उर्दी लागु होला त ?

    प्रतिक्रिया दिनुहोस