२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

लुक्ला उड्ने सबै यात्रुको पीसीआर परीक्षण नेगेटिभ हुनुपर्ने

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं- सोमबारबाट आन्तरिक उडान हुँदैछ । यसमा आगामी पर्यटकीय सिजनमा सबैभन्दा व्यस्त हुने सोलुखुम्बुको खुम्बु क्षेत्रस्थित लुक्ला विमानस्थल अपेक्षित बढी व्यस्त हुने विमानस्थल हो ।

    तर, यहाँ उड्ने यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त गाउँपालिकाले राखेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट रिजल्ट चेक जाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको छ ।

    कोरोना भाइरसको महामारीकाबीच करीव ६ महिनापछि आन्तरिक उडान शुरु हुँदैछ । अहिलेसम्म हवाई उडानमा शर्त राख्ने खुम्बु पहिलो स्थानीय सरकार हो ।  लुक्लामा तारा, सीता र समिट एयरले उडान गर्छन् ।

    प्रतिक्रिया दिनुहोस