२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

सुरक्षाकर्मीमा संक्रमण : एकको मृत्यु, देशभर ६ हजार ७०५ जना संक्रमित

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट ६ हजार ७ सय ५ जना सुरक्षाकर्मी संक्रमित भएका छन् । संक्रमित एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा नेपाली सेनाका ३४ वर्षीय जवान रहेका छन् । सेनामा कुल २ हजार ५६ जना संक्रमित मध्य एक जवानको मृत्यु भएको हो । नेपाली सेनामा अहिले १ हजार ६ सय ४ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय १ जना संक्रमणमुक्त भइसकेको नेपाली सेनाले जनाएको छ ।

    कोरोनाबाट सबैभन्दा बढी प्रभावित नेपाल प्रहरी बनेको छ । नेपाल प्रहरीमा ३ हजार ६ सय २६ जना कोरोनाको चपेटामा परिसकेका छन् । जसमध्ये १ हजार ८ सय ९ जनाले कोरोना जितिसकेका छन् । यस्तै १ हजार ८ सय १७ जना संक्रमित उपचाररत रहेका नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।

    यता सशस्त्र प्रहरीमा कुल १ हजार २३ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ३ सय ५३ जना संक्रमणमुक्त भइसकेका छन् । संक्रमित ६ सय ७० जना उपचाररत छन् ।

    प्रतिक्रिया दिनुहोस