२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

बलात्कार आरोपमा गाउँपालिकाका प्रशासकीय अधिकृत पक्राउ

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • बलात्कारको अभियोगमा कैलालीमा एकजना गाउँपालिकाका प्रशासकीय अधिकृत पक्राउ परेका छन् । कैलालीको जोशीपुर गाउँपालिकाका प्रशासकीय अधिकृत भानुभक्त उपाध्याय बलात्कारको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

    उनलाई २४ वर्षीय महिला कर्मचारीलाई नै बलात्कार गरेको आरोप छ । ती महिलाको उजुरीको आअधारमा इलाका प्रहरी कार्यालय भजनीको टोलीले पक्राउ गरेको डीएसपी प्रतिक विष्टले जानकारी दिए ।

    उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको डीएसपी विष्टले बताए । उपाध्यायविरुद्ध बलात्कार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस