२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

भारतमा काेराेना विरुद्धकाे खाेपकाे तेस्राे परिक्षण हुँदै, नाेभेम्बरबाट बजारमा आउने

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • एजेन्सी । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँगको सहकार्यमा सीरम इन्टिच्युट अफ इन्डियाले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोपको भारतमा यसै साता तेस्रो परीक्षण गरिने भएको छ ।

    समाचारमा जनाइए अनुसार यस खोपको तेस्रो चरणको परीक्षण सोमवारबाट भारतको पुणेको एक अस्पतालमा गरिने भएको छ । राज्य सरकारले सञ्चालन गरेको ससून जनरल अस्पतालका डिन डा मुरलीधर ताम्बेले यसबारेमा सञ्चारकर्मीहरुलाई जानकारी गराएका हुन् ।

    परीक्षणका लागि केही स्वयमसेवकहरु तयारी अवस्थामा रहेको उनले बताए । करिब १५० देखि २ सय जनामा यस खोपको तेस्रो चरणको परीक्षण गरिन लागेको जानकारी पनि डा ताम्बेले दिएका छन् ।

    खोप परीक्षणमा इच्छुक स्वयमसेवीकहरुको शनिवारबाटै नाम संकलन शुरु भैसकेको छ । इच्छुकहरुले अस्पतालमा सम्पर्क राखेर आफ्नो नाम लेखाउन सकिने व्यवस्था गरिएको छ ।

    विगतमा परीक्षणमा सहभागी केही व्यक्तिमा नकरात्मक असर देखिए पनि यस खोपको परीक्षणमा रोक लगाइएको थियो । तर गत शनिवार एस्ट्राजेनेकाले पुनः परीक्षण गरी खोपको तेस्रोचरणको परीक्षणको तयारी गरिएको हो । भारतले गत अगष्टमै खोपको तेस्रो चरणको परीक्षणका लागि अनुमति प्रदान गरेको थियो ।

    भारतमा यस खोपको नाम कोभिड शील्ड दिइएको छ । आगामी नोभेम्वरसम्म खोपको परीक्षण चरण सम्पन्न भई छिट्टै बजारमा ल्याउने कम्पनीको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस