२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

८४ वर्षे ‘हट हजुरबा’; जो अझै युवतीसँगै गर्छन्, ‘राेमान्स’

  • २०७७ आश्विन ३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ८४ वर्षीय वृद्धको दैनिकी कस्तो हुनसक्छ ? बिहान ढिला उठ्नु, बगैँचामा डुल्नु, छतमा टहल्नु, दिउसो सुत्नु आदि । तर वाङ डेसुन नामका चिनियाँ कलाकारको तन्दुरुस्ती लोभलाग्दो छ । खासमा उनी एक आम कलाकार थिए, तर कठिन मेहनत गरेर उनले ८० वर्षको उमेरमा आफूलाई एक चर्चित फेशन मोडेलको रुपमा स्थापित गरे ।

    यतिसम्म कि, ८४ वर्षको उमेरमा पनि हरेक दिन ३ घण्टासम्म फिटनेसको लागि समय दिन्छन् । रोचक त के भने, उनले अघिल्लो वर्ष मात्रै भर्खरका युवा युवतीहरुसँगै र्याम्पमा क्याटवक गर्न भ्याए ।

    वाङ जतिबेला ८० वर्षको थिए, ‘चाइना फेशन वीक–२०१५’मा उनी एक आकर्षक प्रतिष्पर्धी बनेका थिए । सेतो र लामो कपाल उनको नांगो काँध पछाडिबाट हावामा फैलिएको भिन्न दृश्यले साँच्चिकै उनलाई हेर्नेको भीड नै लाग्यो ।

    त्यसपछि नै वाङ रातारात चर्चामा आएका थिए । मौलिक कपडाबाट बनेको सुरुवालमा उनले सुगठित अर्धनग्न शरीर प्रदर्शन गर्दा उनको उपमा नै बन्यो, ‘हटेस्ट ग्रान्डपा’ । त्यसो त, चिनियाँ अब्बल फेशन डिजाइनरमध्ये कसैले पनि यी हजुरबाको बारेमा केही सोचेका थिएनन् । तर हु शेगुआङले जब वाङलाई एक तस्बिरमा देखे, त्यसपछि नै उनले फेशन शो मा उतार्ने प्रयास गरेका थिए ।

    यतिसम्म कि, ८४ वर्षको उमेरमा पनि हरेक दिन ३ घण्टासम्म फिटनेसको लागि समय दिन्छन् । रोचक त के भने, उनले अघिल्लो वर्ष मात्रै भर्खरका युवा युवतीहरुसँगै र्याम्पमा क्याटवक गर्न भ्याए ।

    वाङ उत्तरपूर्वी चिनियाँ सहर शेन्याङमा १९३६ मा जन्मिएका थिए । युवावस्थासँगै उनले रंगमञ्चमा काम गर्न थाले । उनी बिस्तारै मार्सल आर्ट्सतिर पनि सक्रिय हुन थाले । साथै ‘फर्बिडन किंगडम’ सहितका केही हलिउड फिल्ममा पनि ।

    वाङ ५० वर्षको उमेरमा मात्रै जीम जान थालेका थिए । खासमा उनी अभिनयका लागि शरीरको आकार बढाउने सोचमा सुरुमा जीम गर्न थालेका थिए । ‘मान्छेहरु मजस्तो वृद्धले पनि मसल बनाउन सक्छ भन्ने देख्दा अचम्म मान्छन्,’ वाङले २०१५ मा नै सिएनएनसँग भनेका थिए, ‘३० वर्षदेखि हरेक दिन मैले कहिल्यै तालिम रोकेको छैन ।’

    रोचक त के भने, उनले ४० वर्षको उमेरमा अंग्रेजी सिके । ६५ वर्षको उमेरमा घोडचढी र ७८ वर्षको उमेरमा मोटर बाइक सिके । सामान्यतः ५० देखि ६० वर्षको उमेरमा मानिसहरु रिटायर्ड हुन्छन् । तर वाङको सवालमा यो करिअर सुरु गर्ने समय जस्तै भयो । अहिले पनि सक्रिय उनी अधिकांश युवाका लागि प्रेरणाको पात्र बन्ने गरेका छन् । -अन्नपूर्ण अनलाइन

    प्रतिक्रिया दिनुहोस