२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

राष्ट्रसंघको महासभा भर्चुअल विधिबाट, विश्वका १७३ नेताले सम्बोधन गर्दै

  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • न्युयोर्क, एएनआई । संयुक्त राष्ट्रसंघको अर्को हप्ता हुने महासभालाई विश्वका १ सय ७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

    कोभिड १९ को संक्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको ७५औं महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो ।

    संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका १ सय १९ जना राज्य प्रमुखका साथै अरु ५४ जना सरकार प्रमुखहरुले सो सभालाई भर्चुअल विधिबाट नै सम्बोधन गर्न लागेका बताइएको हो । महासभा संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो निकाय हो । यो निकायको सम्मेलन यस पटक कोभिड १९ को संक्रमणका कारण यसरी भर्चुअल विधिबाट हुन लागेको बताइएको छ ।

    उक्त महासभाका लागि प्रवक्ता ब्रेन्दन बर्माले सो कुराको जानकारी दिएका हुन् । बर्माले भने, बिहीबारसम्ममा १ सय ७४ जना विश्वका नेताहरुले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    उनले यसरी सम्बोधन गर्नेहरुमा विश्वका राज्य प्रमुखहरुमा १ सय १९ जना रहेका छन् । उनीहरुसमेत १ सय ७३ वटा देशका नेताहरुले सो महासभामा सम्बोधनका लागि दर्ता गराएका छन् ।

    न्युयोर्कमा संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालयमा विश्वका देशका प्रतिनिधिहरु पुगिसकेका छन् । सदस्य राष्ट्रका नेताहरुले आफूले गर्ने सम्बोधनको रेकर्ड गरिएको प्रति पहिले नै उपलब्ध गराउने छन् र आ आफ्नो देशको पालो अनुसार उनीहरुको सो सम्बोधन प्रस्तुत गरिने छ ।

    पहिलेका वर्षहरुमा करिब १ सय वटा देशका प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघको महासभामा उपस्थित भएर सम्बोधन गर्ने कार्यक्रम रहेकोमा यस पटक भने भर्चुअल विधिबाटै गरिने भएकोेले सो संख्या धेरै हुन पुगेको बताइएको छ ।

    साभार: नागरिक खबर

    प्रतिक्रिया दिनुहोस