२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
अपराध

ओखलढुंगामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कार !

३ जना आराेपित पक्राउ, अनुसन्धान शुरु

  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- एक १६ वर्षीया बालिकाकाथि सामुहिक बलात्कार गरेको आरोपमा चम्पादेवी गाउँपालिकाबाट ३ जना पक्राउ परेका छन् ।
    पीडित बालिकाका आफन्तका अनुसार उनलाई ३ जनाले मिलेर भदौ २४ गते सामुहिक रुपमा बलात्कार गरेका हुन् । आरोपितहरु सोही गाउँपालिका वडा नं. ८ का हुन् ।

    घटना सार्वजनिक भएपछि पीडित पक्षको उजुरीका आधारमा सोमबार दुई जना बालकसहित ३ जनालाई घरबाटै पक्राउ गरिएको छ । प्रहरी चौकी घोराखोरीको टोलीले आरोपितत्रयलाई पक्राउ गरि जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक मिलनसिं बस्नेतले जानकारी दिए ।

    घटना अनुसन्धान भइरहेको र तीनमध्ये एक जनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको वस्नेतको भनाइ छ । बालिकाको जिल्ला अस्पताल रुम्जाटारमा स्वास्थ्य परिक्षण तथा उपचार गरिएको र जाहेरी दर्ता भइसकेको पीडित बालिकाकी दिदीले नागरिक मिडियालाई बताइन् ।

    आरोपितहरुलाई कडा कारवाही गर्न पीडित परिवारले माग गरेको छ । घटनामा १४ र १६ वर्षका दुई तथा १८ वर्षका एकजना संलग्न छन् ।

    प्रतिक्रिया दिनुहोस