सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा गएको पहिलोमा पुरिएका ११ जनाको शव फेला परेको छ । फेला परेका मृतकमा ७ जना महिला ३ जना पुरुष र एक जना बालक रहेको बिहानै देखि खोज तथा उद्धार कार्यमा खटिएको नेपाली सेनाको गोरख बक्स गणले जानकारी दिएको छ ।
घटनास्थलमा पुगेर फर्किएकका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपालेले दिएको जानकारी अनुसार पहिरोमा परी घाइते भएका ६ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ।
पहिरोमा अझै २० जना हराइ रहेका छन् । गएराति आएको पहिरोका कारण भीरखर्कका ४, नागपुजेका ११ र नेवार टोलका ७ गरी २२ घर पूर्णरुपमा क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस