ओखलढुंगाका थप १८ जनालाई काेराेना पुष्टि भएकाे छ । आज आएकाे रिपाेर्टमा १८ जनालाई पाेजेटिभ देखिएकाे जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । कस कसलाई संक्रमण भएकाे भन्ने विवरण आउन बाँकी छ ।
१०२ जनाकाे स्वाब परिक्षणका लागि पठाइएकाेमा १८ जना संक्रमित भएका हुन् । उनीहरुलाई उपचारकाे व्यवस्था मिलाउने काम भइरहेकाे जिल्ला कमाण्ड पाेष्टले जनाएकाे छ ।
यस अघि ९ जनालाई पाेजेटिभ देखिएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस