२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

सिन्धुपाल्चोकमा फेरि पहिराे; ३ काे मृत्यु २८ वेपत्ता !

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ शव फेला परेका छन् । २८ जना बेपत्ता भएका छन् ।

    पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

    गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । डिएसपी सापकोटाका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको छ । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस