२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

खुर्पाले छिनालेर वृद्धको हत्या, टाउको झोलामा लिएर प्रहरीसामु आत्मसमर्पण

  • २०७७ भाद्र १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • बिहीबार राती नीलकण्ठ नगरपालिका ३ खल्चेतमा एक वृद्धको खुर्पाले हानेर हत्या भएको छ । नीलकण्ठ १३ स्थित खल्चेतका २३ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेका हुन् ।

    हत्यापछि मृतकको टाउको छिनालेर झोलामा हाली राजुले डेढ घण्टा पैदल यात्रा गरेर जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । केही दिनअघि खलचेतमा आत्महत्या गरेका एक व्यक्तिको १३ दिने कर्मकाण्डमा पितृप्रसाद खाएर फर्किरहेका सोमबहादुर र राजुको बाटोमा जम्काभेट भएपछि विवाद उत्पन्न भएर हत्यासम्म पुगेको स्थानीयले जानकारी दिए । याे खबर धादिङको हाे ।

    २ जनाको जम्काभेट भएपछि पारिवारिक कुराहरु जोडेर विवाद सुरु भएपछि घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी सरोज राइले जानकारी दिए । घटनालगत्तै प्रहरीले मुचुल्का गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस