२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

ओलीले खतिवडा नछाड्दा बैठक सरेकाे सर्यै

  • २०७७ भाद्र १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेकपाकाे आज ११ बजेकाे बैठक ३ बजे सरेकाे छ । बैठक सरेकाे जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गरेर जनाएका छन् । हिजाेदेखी राष्ट्रिय सभामा मनाेनितकाे विषयमा दुई अध्यक्ष र उपाध्य वामदेव गाैतमबीच कुरा भए पनि मिलेकाे थिएन ।

    गाैतम यस अघि सचिवालयकाे निर्णय कार्यन्वयन हुनै पर्नेमा छन् । अध्यक्ष प्रचण्ड र माधव नेपालकाे पनि मुद्दा त्यही विधी र पद्दतिकै हाे । तर यस पटक याे विधी र पद्दति हेेर्दा वामदेवका पक्षमा जस्ताे देखिन्छ किनकी यस अघि नै सचिवालयले उनलाई राष्ट्रिय सभामा लाने निर्णय गरिसकेकाे छ । तर, ओलि युवराज खतिवडालाई दाेहाेर्याएर तेस्राे पटक मन्त्री बनाउन चाहान्छन् । यही कारण बैठक सरेकाे बुझिएकाे छ ।

    ओलि अहिले पनि गाैतम राेक्ने र लानै परे खतिवडालाई सँगै लगेर पुन: मन्त्री बनाउन चाहान्छन् । नेकपामा यही विषयले फेरि विवाद चर्किने निश्चित जस्तै छ ।

    प्रतिक्रिया दिनुहोस