ओखलढुंगा- आम नागरिकले साेध्न थालेकाे याे प्रश्नकाे उत्तर साेधेजस्ताे सिधा छैन । र, नबुझिने घुमाउराे पनि छैन । अहिलेसम्म जिल्लामा ३१ संक्रमित फेला परे । २६ संक्रमणमुक्त भए । ५ सक्रिय संक्रमित छन् ।
हाल सम्म पिसिआर परिक्षण १२ सय उकालाे भएकाे छ । एकजना स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि भने याे प्रश्नले निकै दरिलाे जग भेटेकाे छ । किनकि स्थानीयमा भेटियाे नि त ! बुधबार यसबारे निकै बहस भए । एक अर्काकाे जिम्मेवारी सुझाउने काम पनि भए सराेकारवालाबीच । स्थानीय सरकार खासगरी गाउँपालिका तहबाट जिम्मवारी भन्दा गुनासा बढी पाेखिए ।
यसैबीचमा एकसाथ पाँच जना स्थानीयमै काेराेना देखिएपछि यसकाे समुदायस्तरमा प्रवेश गरेकाे हाे भन्ने लख काटियाे । बन्द र लकडाउनकाे उपाय सुझाइयाे । तर, लकडाउन र परिक्षण गर्नु पर्ने भन्दा सजगता र पूर्व तयारीबारे समिक्षा भयाे ।
उनीहरुमा जिम्मेवारी बाेध देखिएन न त पूर्व तयारी नै । उनीहरुमा सामाजिक सुरक्षा र स्वास्थ्यभन्दा पनि डाेजरे विकासकाे माेह गढेकाे देखियाे । यसैबीचमा एकसाथ पाँच जना स्थानीयमै काेराेना देखिएपछि यसकाे समुदायस्तरमा प्रवेश गरेकाे हाे भन्ने लख काटियाे । बन्द र लकडाउनकाे उपाय सुझाइयाे । तर, लकडाउन र परिक्षण गर्नु पर्ने भन्दा सजगता र पूर्व तयारीबारे समिक्षा भयाे ।
यसैले मानेभञ्ज्याङ्गमा बन्दाबन्दीकाे स्वरुप अपनाएर परिक्षण तथा सुरक्षाकाे तयारी छ । स्थानीय स्तरमा देखिएकाे संक्रमण कसरी भयाे भन्ने आशंकाकै बीचमा बृहत रुपमा परिक्षण र कन्ट्रयाक ट्रेसिङ्काे काम थालिएकाे छ । यसबाट नै यकीन थाहा पाउन सहज हुन्छ । यद्यपी यहाँ प्रहरी र स्वाथ्स्यकर्मी नै जाे फिल्डमा खटिएका थिए, उनीहरु नै संक्रमित हुनु अस्वभाविक हैन ।
उनीहरुसँग सम्पर्कमा रहेका व्यक्ति समयमै पहिचान गरेर परिक्षण तथा उपचार सजगताका साथ गर्ने हाे भने यतिमै काेराेना समुदायस्तरमा पुगि सकेकाे छैन । अब उपचार भन्दा सजगता र जाेगिने कुरा नै महत्वपूर्ण भएकाले स्थानीय प्रशासनले पनि सबै क्षेत्रमा कडा गर्ने रणनीति अख्तियार गरेकाे छ । जाेखिनु नै उत्तम उपाय भएकाले आफैं सुरक्षित रहने की !
प्रतिक्रिया दिनुहोस